

रामेछाप– सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार (कात्तिक ९ गते) देखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । तोकिएकै समय आइतबारदेखि नै खेल खेलाउन सक्ने गरी सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा व्यवस्थापकीय काम भइरहेको अध्यक्ष केसीले बताए । १२ गते सम्म चल्ने प्रतियोगितामा हाल सम्म ११ टिमले नाम दर्ता गराइसकेको पनि अध्यक्ष केसीले बताए ।



सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुने टिमले १ लाख, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छ ।
गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा गराउने र आन्तरिक पर्यटक भित्र्याउने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताए ।

















