

रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा काठमाण्डौँमा आयोजित कार्यक्रम भट्ट यस वर्षको पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका हुन् ।



प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका छन् ।
रामेछाप आउनुअघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालमा थिए । भट्टले रामेछाप प्रहरीको नेतृत्व सम्हालेपछि जिल्लामा ठूला अपराधका घटनाहरु भएका छैनन् । जेनजी आन्दोलनका बेला देशका धेरै जिल्लाहरुमा ठुलो क्षतिहरु भएका थिए । तर, भट्ट प्रमुख रहेको रामेछाप जिल्लामा कुनै पनि घटना भएका थिएनन् ।

















