Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली बजार अनुगमन : ११ पसलमा म्याद गुज्रिएका सामग्री, ४५ हजार बढीको सामान जफत

संवादाताः हाम्रो प्रहार
साउन १७, २०८२

रामेछाप- रामेछाप जिल्लाको प्रमुख व्यापारिक केन्द्र मन्थली बजारमा अनुगमनको क्रममा खाद्यान्न तथा किराना पसलहरूबाट म्याद गुज्रिएका अखाद्य वस्तुहरू फेला परेका छन् । मन्थली नगरपालिकाको नेतृत्वमा तीन दिन सम्म गरिएको बजार अनुगमनमा ८० वटा पसलहरू निरीक्षण गर्दा ११ वटा पसलमा म्याद गुज्रिएका वस्तुहरू बिक्री स्थलमै राखिएको अवस्थामा भेटिएको हो ।

म्याद गुज्रिएका सामाग्रीहरू टुबोर्ग बियर, विभिन्न कम्पनीका चाउचाउ, लिच्ची जुस, कुरमुरे, हजमुला, निम्बु जुसजस्ता सामग्रीहरू रहेको मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतले बताइन् । ती सबै सामाग्री जफत गरिएको उनले बताइन् । उनका अनुसार ४५ हजार ३ सय ४३ रुपैयाँ बराबरका सामग्री नष्ट गरिने गरी नियन्त्रणमा लिइएको छ । त्यस्तै अनुगमनको क्रममा १५ वटा होटल तथा पसल दर्ता बिना सञ्चालन गरिएको पाइएको छ । दर्ता नगरी सञ्चालन गरिएका ती व्यवसायलाई एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरिसकेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

तीन दिनसम्म चलेको अनुगमनमा किराना पसल, खाद्यान्न पसल, कस्मेटिक पसल, मासु पसल, होटल, काठ उद्योग तथा सप्लायर्सहरू समेटिएका थिए । उपप्रमुख बस्नेतको नेतृत्वमा भएको उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ र रामेछाप उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य तथा उपभोग्य अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई नियमित बनाइने बताएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper