

रामेछाप- अविरल वर्षासँगै आएको पहिरोले हल गोरु गुमाएका लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ४ बिजुलीकोटका केदार बस्नेतलाई नेपाली काँग्रेसले एक गोरु हस्तान्तरण गरेको छ । मुख्य खेती गर्ने समयमा बस्नेत परिवारले पहिरोको कारण हल गोरु गुमाएपछि नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं ४ इकाई समिति र नेपाली काँग्रेस काठमाण्डौँ-लिखुतामाकोशी गाउँपालिका सम्पर्क समितिको संयुक्त सहयोगमा हल गोरु हस्तान्तरण गरिएको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं ४ का वडा सभापति दिपक पुलामीले बताए ।



नेपालि काँग्रेस लिखुतामकोशी गाउँपालिका काठमाण्डौँ सम्पर्क समितिका सभापति सुबाश दाहालको पहलमा पीडित बस्नेतको परिवारलाई ५० हजार बराबरको एक हल गोरू उपलब्ध गराइएको लिखुतामाकोशी गाउँपालिका ४ नं वडाको वडाध्यक्ष समेत रहेका दिपक पुलामीले बताए ।
साउन ३ गतेको अविरलले वर्षाले कारणले घर लडेर एक हल गोरु मरेका थिए ।


















