

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको एक वर्षमा नगर भित्र रहेर उन्नत गाई-भैंसी पालन गरि उत्पादित दुध विभिन्न डेरी उद्योगहरुमा बिक्री गर्ने ८ सय ३९ जना किसानलाई २६ लाख ६३ लाख ५ सय ३६ रुपैयाँ अनुदान दिएको हो ।



नगरपालिकाले उत्पादनमा आधारित कार्यक्रम अन्तर्गत गएको आर्थिक वर्षको असार १५ गते देखि चालु आर्थिक वर्षको असार १६ गतेसम्म डेरि उद्योगमा बिक्री गरेको १० लाख ८ हजार ८ सय १४ लिटर दुधको प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा प्रवाह गरेका सेवा र विकास निर्माण लगायतका बिषयमा केन्द्रित रहेर शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले किसानलाई दिइने अनुदान रकम किसानकै खातामा पठाइएको बताए ।

















