Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

२०८१ को रामेछापको एसइई नतिजा : ७३.५१ प्रतिशत उत्तीर्ण, मन्थली माविकी छात्राले ल्याइन् ४ जिपिए

संवादाताः रामचन्द्र वि.क.
असार १५, २०८२

रामेछाप- रामेछाप जिल्लाबाट २०८१ सालको एसइई परीक्षामा सहभागी भएका कुल विद्यार्थी मध्ये ७३.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार रामेछापबाट परीक्षामा सहभागी भएका २ हजार ४ सय ५ जना विद्यार्थी मध्ये १ हजार ७ सय ६८ जना उत्तीर्ण भएका हुन् । दुई नगरपालिका र ६ गाउँपालिका दिइएको तथ्याङ्क अनुसार गएका वर्षमा भन्दा यो वर्षको परीक्षाको नतिजा निकै सुधार भएको देखिन्छ । यो वर्ष ८ ओटै पालिकाको एसइईको नतिजा सुधार भएको पालिकाहरूले बताएका छन् । ८ पालिकाका ८८ ओटा माविबाट परीक्षामा सहभागी भएका २ हजार ४ सय ५ जना विद्यार्थी मध्ये मन्थली माविकी छात्रा सोफिना श्रेष्ठले ४ जिपिए ल्याउँदै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् ।

यस्तो छ रामेछापका ८ पालिकाको नतिजा

मन्थली नगरपालिका पहिलो
जिल्लाका ८ स्थानीय तह मध्ये मन्थली नगरपालिका पहिलो भएको छ । नतिजा अनुसार ८८.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै सबै स्थानीय तह भन्दा अगाडि देखिएको छ । २० ओटा माविबाट ५ सय ८९ जनाले परीक्षामा भाग लिएकामा ५ सय २० जना उत्तीर्ण हुँदै अन्य पालिका भन्दा पहिलो भएको छ । २० विद्यालय मध्ये १ निजी र ५ सामुदायिक गरी ६ ओटा विद्यालयले सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । जिल्लाकै धरै विद्यार्थीले परीक्षा दिएको मन्थली माविकी छात्रा सोफिना श्रेष्ठले ४ जिपिए ल्याउँदै जिल्लामै प्रथम भएकी छिन् । मन्थली नगरपालिकाको नतिजा गएका वर्ष भन्दा यो वर्ष धेरै सुधार भएको शिक्षा शाखा प्रमुख विष्णु अधिकारीले बताए ।

रामेछाप नगरपालिका दोस्रो
८ स्थानीय तह मध्ये दोस्रो स्थानमा देखिएको रामेछाप नगरपालिकाका ८४.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १३ ओटा माविबाट परीक्षामा सहभागी भएका ३ सय ५३ विद्यार्थी मध्ये २ सय ९८ जना विद्यार्थी उत्तीर्ण हुँदै जिल्लाका ८ स्थानीय तह मध्येमा दोस्रो स्थानमा परेको देखिन्छ । १३ मध्ये ५ विद्यालयका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको बाँकी विद्यालयको पनि नतिजा अघिल्ला वर्षमा भन्दा धेरै सुधार भएको रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख नमराज प्रसाद बडूले बताए । उनका अनुसार रामेछाप नगरपालिकाको समग्र नतिजामा व्यापक सुधार आएको छ ।

८ स्थानीय तहमा तेस्रो भएको दोरम्बाशैलुङ ६ गाउँपालिमा पहिलो
८ स्थानीय तहमा तेस्रो स्थानमा देखिएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको नतिजाले ६ गाउँपालिका भन्दा अगाडि अर्थात पहिलो नम्बरमा देखाएको छ । १० विद्यालयबाट १ सय ९५ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा १ सय ५४ जना अर्थात् ७८.९७ प्रतिशत उत्तीर्ण भएका छन् । १० विद्यालय मध्ये ३ विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको दोरम्बा शैलुङ्ग गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्र प्रसाद गौतमले बताए । गौतमका अनुसार अघिल्ला वर्षको तुलनामा यो वर्ष एसइई को नतिजामा धेरै सुधार आएको छ ।

चौथो स्थानमा रहेको सुनापतिको नतिजा पनि सुधार
८ स्थानीय तहको स्थानमा हेर्दा चौथो स्थानमा देखिएको सुनापति गाउँपालिकाको नतिजामा पनि व्यापक सुधार भएको देखिएको छ । २०८१ को एसइई को परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ७७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाको शिक्षा शाखा प्रमुख कमल वमले दिएको जानकारी अनुसार ९ ओटा माविबाट २ सय ३५ जनाले परीक्षामा सहभागिता जनाएकोमा १ सय ८३ जना उत्तीर्ण भएका छन् । ९ ओटा विद्यालय मध्ये १ विद्यालयले शतप्रतिशत नतिजा निकालेको शिक्षा शाखा प्रमुख वमले बताए ।

खाँडादेवी गाउँपालिकामा ६२.७५ प्रतिशत उत्तीर्ण
खाँडादेवी गाउँपालिकाको एसइई को नतिजा अनुसार परीक्षामा सामेल भएका विद्यार्थी मध्ये ६२.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १२ ओटा माविबाट सहभागी भएका २ सय ५५ जना विद्यार्थी मध्ये १ सय ६० जना विद्यार्थी उत्तीर्ण भएको खाँडादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी प्रसाद रिजालले बताए । १२ विद्यालय मध्ये १ विद्यालयबाट परीक्षामा सहभागी भएका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा शाखा प्रमुख रिजालका अनुसार गएका वर्षमा भन्दा यो वर्ष गाउँपालिकाको समग्र नतिजामा सुधार आएको छ । खाँडादेवीको नतिजालाई हेर्दा जिल्लाका ८ पालिका मध्ये पाँचौँ नम्बरमा देखिएको छ ।

लिखुतामाकोशी गाउँपालिकाका ६२.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८१ को एसइई को नतिजा अनुसार लिखुतामाकोशी गाउँपालिकामा ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिका भित्र रहेका १० ओटा विद्यालयबाट परीक्षामा सहभागिता जनाएका २ सय ९२ जना मध्ये १ सय ८२ जना उत्तीर्ण भएको गाउँपालिका शिक्षा शाखा प्रमुख जय कृष्ण चौलागाईले बताए । चौलागाईका अनुसार १० विद्यालय मध्य साधारण धार तर्फ १ र प्राविधिक धार तर्फ १ गरी २ विद्यालयले शतप्रतिशत नतिजा निकालेका छन् । लिखुतामाकोशी गाउँपालिकाको पनि गएका वर्षमा भन्दा यो वर्ष एसइई को नतिजामा सुधार भएको बताइएको छ । ८ स्थानीय तहको नतिजालाई तुलना गर्दा लिखुतामाकोशी गाउँपालिका अन्य पालिकाको दाँजोमा छैठौ नम्बरमा रहेको छ ।

गोकुलगंगामा ५६.८४ प्रतिशत उत्तीर्ण
गोकुलगंगा गाउँपालिकाबाट एसइई को परीक्षामा भाग लिने मध्ये ५६.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिका भित्र रहेका ७ ओटा विद्यालयबाट परीक्षामा सामेल २ सय ८५ जना विद्यार्थी मध्ये १ सय ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र सिंह भण्डारीका अनुसार गएका वर्षमा भन्दा यो वर्ष समग्र गाउँपालिकाको एसइई को नतिजा सुधार भएको छ । ८ पालिकाको नतिजाको तुलनामा गोकुलगंगा गाउँपालिका सातौँ स्थानमा रहेको देखिन्छ ।

उमाकुण्ड गाउँपालिकाका ५४.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण
उमाकुण्ड गाउँपालिकाबाट २०८१ को एसइई परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ५४.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७ ओटा विद्यालयबाट परीक्षामा सामेल भएका २ सय १ जना मध्ये १ सय ९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखा प्रमुख ङावा शेर्पाका अनुसार अघिल्ला वर्षमा भन्दा यो वर्ष एसइई को नतिजामा व्यापक सुधार भएको छ । जिल्लाका ८ स्थानीय तह मध्ये एसइई को नतिजामा भने उमाकुण्ड गाउँपालिका अन्तिम ८औँ नम्बरमा रहेको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper