Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनचाँदी व्यवसायी आन्दोलित : रामेछापमा पसल बन्द, कर वृद्धिविरुद्ध ज्ञापनपत्र

संवादाताः हाम्रो प्रहार
जेष्ठ २९, २०८२

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा हिरा-पत्थरका गहनामा गरिएको नयाँ कर संरचनाप्रति गम्भीर आपत्ति जनाउँदै बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघका सचिव सिताराम लोहारले हस्ताक्षर गरेको ज्ञापनपत्र बिहिबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत बुझाउदै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सुनचाँदी व्यवसायमाथि लगाइएको विलासिता कर र मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न माग गरिएको छ । बिहीबार बिहानैदेखि जिल्लाभरका करिब ६० सुनचाँदी पसल बन्द गराउँदै व्यवसायीहरू आन्दोलित बनेका छन् ।

ज्ञापनपत्रमा लेखिएको छ, “अघिल्लो वर्ष १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र लाग्दै आएको २ प्रतिशत विलासिता कर आगामी आर्थिक वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको, हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट थप गरिएको, कर वृद्धिले बजारमा ८ हजार रुपैयाँसम्म मूल्य अन्तर आउने भएकाले भारतीय बजारभन्दा नेपाली बजार प्रतिकूल असर पर्ने यस्तो कार्यले गर्दा तस्करी र अवैध कारोबार बढ्न सक्नेछ ।”

सुनचाँदी व्यवसायीले सरकारसँग चारबुँदे मागसहित करको पुनर्विचार गर्न माग राखेका छन् ।‌ उनिहरुले सम्पूर्ण गहनामा लागू गरिएको विलासिता कर र हिरा-पत्थर जडित गहनामा लागू गरिएको भ्याट तत्काल खारेज गर्नुपर्ने, दीर्घकालीन नीति निर्माण गर्दै ऐन, नियम र कानुन तयार गर्नुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने र निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टिडिएस खारेज गर्नु पर्ने माग राखेका छन् । विहिबार बन्दा भएका रामेछापका सबै सुनचाँदी पसल शुक्रबार पनि बन्द गरिने सचिव लोहारले बताए ।

सुनको मूल्य वृद्धि र बजारको मन्दी अवस्थाबीच नयाँ कर संरचनाले व्यवसायी, कालीगढ र मजदुरहरूको जीविकोपार्जन नै संकटमा पार्ने अवस्था सिर्जना हुने नेपाल सुनचाँदी कला व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य आकश रिजालले बताए ।‌

Related Posts

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
सुनापतिको पर्यटकीय क्षेत्रमा दुई हजार बढी वृक्षारोपण
समाचार

सुनापतिको पर्यटकीय क्षेत्रमा दुई हजार बढी वृक्षारोपण

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय कदम चालेको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper