Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनचाँदी व्यवसायी आन्दोलित : रामेछापमा पसल बन्द, कर वृद्धिविरुद्ध ज्ञापनपत्र

संवादाताः हाम्रो प्रहार
जेष्ठ २९, २०८२

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा हिरा-पत्थरका गहनामा गरिएको नयाँ कर संरचनाप्रति गम्भीर आपत्ति जनाउँदै बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघका सचिव सिताराम लोहारले हस्ताक्षर गरेको ज्ञापनपत्र बिहिबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत बुझाउदै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सुनचाँदी व्यवसायमाथि लगाइएको विलासिता कर र मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न माग गरिएको छ । बिहीबार बिहानैदेखि जिल्लाभरका करिब ६० सुनचाँदी पसल बन्द गराउँदै व्यवसायीहरू आन्दोलित बनेका छन् ।

ज्ञापनपत्रमा लेखिएको छ, “अघिल्लो वर्ष १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र लाग्दै आएको २ प्रतिशत विलासिता कर आगामी आर्थिक वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको, हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट थप गरिएको, कर वृद्धिले बजारमा ८ हजार रुपैयाँसम्म मूल्य अन्तर आउने भएकाले भारतीय बजारभन्दा नेपाली बजार प्रतिकूल असर पर्ने यस्तो कार्यले गर्दा तस्करी र अवैध कारोबार बढ्न सक्नेछ ।”

सुनचाँदी व्यवसायीले सरकारसँग चारबुँदे मागसहित करको पुनर्विचार गर्न माग राखेका छन् ।‌ उनिहरुले सम्पूर्ण गहनामा लागू गरिएको विलासिता कर र हिरा-पत्थर जडित गहनामा लागू गरिएको भ्याट तत्काल खारेज गर्नुपर्ने, दीर्घकालीन नीति निर्माण गर्दै ऐन, नियम र कानुन तयार गर्नुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने र निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टिडिएस खारेज गर्नु पर्ने माग राखेका छन् । विहिबार बन्दा भएका रामेछापका सबै सुनचाँदी पसल शुक्रबार पनि बन्द गरिने सचिव लोहारले बताए ।

सुनको मूल्य वृद्धि र बजारको मन्दी अवस्थाबीच नयाँ कर संरचनाले व्यवसायी, कालीगढ र मजदुरहरूको जीविकोपार्जन नै संकटमा पार्ने अवस्था सिर्जना हुने नेपाल सुनचाँदी कला व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य आकश रिजालले बताए ।‌

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper