Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

संवादाताः रामचन्द्र वि.क.
जेष्ठ २७, २०८२

रामेछाप- रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् । मंगलबार नगरका सबै वडामा‌ औपचारिक कार्यक्रमको आयोजना गरि ९ ओटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री शासन प्रणाली स्थापनाका लागि सबै वडाहरूले बाल बचाउ १४, बाल संरक्षण १०, बाल विकास ६, बाल सहभागिता ६ र संस्थागत विकास १५ गरी जम्मा ५१ वटा सूचकहरू पुरा भएपछि नगरका सबै वडा एकै पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको नगर प्रमुख लवश्री न्यौपानेले बताए ।

जिल्ला समन्वय समिति रामेछापले अनुगमन गरेपछि ९ ओटै वडाहरूमा बालमैत्री स्थानीय शासनयुक्त वडा हुनको लागि आवश्यक पर्ने सबै सुचकहरु पुरा भएको जानकारी गराएको थियो ।

वडा नं ७ सुकाजोरमा पुर्व राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम), वडा नं ९ ल्याङल्याङमा बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, वडा नं ४ हिमगंगामा नगर प्रमुख लवश्री न्यौपाने, वडा नं २ देउरालीमा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापा, वडा नं ६ ओख्रेनीमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, वडा नं ५ रामपुरमा जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाल, वडा नं ३ साँघुटारमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, वडा नं ८ रामेछापमा शिक्षा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेल र वडा नं १ गोठगाउँमा रामेछाप नगरपालिकाको निवर्तमान उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीले बताए ।
बालमैत्री वडा घोषणा हुनुभन्दा पहिले पुरा गर्नु पर्ने ५१ वटा सुचकहरु पुराभएको प्रतिवेदन सम्बन्धित वडाका वडाध्यक्षहरुले प्रस्तुत गरेका थिए । वडाध्यक्षले प्रतिवेदन प्रस्तुत गरेपछि सयौँको सङ्ख्यामा सहभागी स्थानीय नागरिकहरुको सहभागितामा प्रमुख अतिथिले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका थिए ।

नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको र अब बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा लाग्ने रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले बताए ।

रामेछापमा ८ स्थानीय तहका ६४ वडा मध्ये रामेछाप नगरपालिकाका ९ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएसँगै जिल्लामा पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने ९ वटा वडा पहिलो भएका छन् ।


Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper