Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान प्रा. डा. सुमन कर्माचार्यलाई

संवादाताः हाम्रो प्रहार
बैशाख ७, २०८२

रामेछाप- शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ द्वारा डा. सुमन कर्माचार्य सम्मानित भएका छन् । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले शनिबार बर्दिवासमा आयोजना गरेको कार्यक्रममा रामेछापका डा. कर्मचार्य नगद १५,५५५‌ पुरस्कार सहित सम्मानित भएका हुन् ।

शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’ को अध्यक्षता र मधेस प्रदेश क्षेत्र नं. १ ‘क’ प्रदेश सभा सदस्य माननिय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कर्माचार्यलाई नगद सहित घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ द्वारा सम्मान गरिएको बताइएको छ ।

कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, कोशी प्रदेश उदयपुर र बाग्मती प्रदेशको रामेछाप, सिन्धुली जिल्लाका साहित्यकारहरूको सहभागिता थियो । सहभागी अतिथीहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, समाजसेवी तथा साहित्यप्रेमी सरिता ढुङ्गाना, प्रलेस मधेस प्रदेशको अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रलेसको केन्द्रीय सदस्य विमला विक, होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरीका अध्यक्ष गुञ्ज बहादुर कार्की ‘गोपाल’, लेखक निला घिमिरे लगायतका व्यक्तित्वहरू थिए । उक्त कार्यमा विभिन्न भाषा र लयका गीत, गजल, कविता वाचन गरिएका थिए । वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, कामरुदिन नदाफ, सुमित्रा आचार्य, बेल बहादुर परियार, श्याम यादव, पुनम झा, बाबुराम फुयाल, प्रतिमा पौडेल, पुष्पा गजमेर, विपिराज दाहाल, केशव फुयाल, जीवन आचार्य, घनश्याम पन्त, डा. सुमन कर्मचार्य, लम्बोदर काफ्ले, डा. जो जोनसन, डा. जेनी हेरिङटन, बोध कुमार घिमिरे लगायतले वाचन गरेका थिए भने सहभागी सर्जकहरूलाई स्व. शिशिर घिमिरेकी आमा देवि घिमिरेबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

शिशिर स्मृति प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित भएका प्रा.डा. सुमन कर्मचार्यले प्रतिष्ठानबाट आफू सम्मानित भएकोमा अत्यन्त हर्षित भएको कुरा व्यक्त गरेका थिए । उनले मोफसलमा रहेका साहित्य सर्जकहरूलाई सम्मान गर्दै साहित्यमा लाग्न प्रेरणा दिने यस संस्थाका संस्थापक तथा संरक्षक प्रेम घिमिरे र उहाँ धर्मपत्नी देवि घिमिरे प्रति हार्दिक आभार व्यक्त गर्दै शिशिर घिमिरे स्मृति प्रतिष्ठानको उत्तर उत्तर प्रगतिको कामना समेत व्यक्त गरेका थिए ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper