Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप– ७ को सार्वजनिक सुनुवाई: ८ सय किसानलाई परिचय पत्र, निःशुल्क स्वास्थ्य बिमा निरन्तर

संवादाताः रामचन्द्र वि.क.
चैत्र २५, २०८१

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा वडा तथा नगरबाट वडा भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार वडा कार्यालयको प्राङ्गणमा सुकाजोरबासीको सहभागितामा उनीहरूबाट आएका प्रश्नको उत्तर दिँदै सुझाव लिएर वडालाई थप सुशासनमैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडामा चालु आर्थिक वर्षको सुरु देखि हाल सम्ममा प्रवाह भएका सेवा तथा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का वडा सचिव अम्बिका कार्कीले जानकारी गराएकी थिइन् ।

सार्वजनिक सुनुवाइमा गुनासो, प्रश्न र सुझाव राख्न आएका वडावासीले वडा तथा नगरबाट सुकाजोरमा संचालनमा रहेका विकास निर्माणमा भएको ढिलासुस्तीलाई चाँडो सम्पन्न गर्न अनुरोध गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काममा नागरिकसँग थप समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । उनीहरूले सेलेघाट–साँघुटार सडकलाई गुणस्तरीय निर्माणमा ध्यान दिई चाँडो निर्माण सक्न सम्बन्धित निकायलाई खबरदारी गर्न, रजयछाप आगलागीबाट घरविहीन भएकाहरूलाई चाँडो घर बनाउन पहल गर्न, एम्बुलेन्स जान नसक्ने विभिन्न टोलमा सडक सुधार गर्न, किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको उचित मूल्य तोकिदिन लगायतका सुझाव दिएका थिए ।

सुकाजोरमा नगरबाट भएका काम र सेवा प्रवाहको बारेमा राखेका विभिन्न जिज्ञासा तथा प्रश्नको बारेमा रामेछाप नगरपालिकाका नगर उपप्रमुख बालकुमारी कार्की थापाले उत्तर दिँदै वडा नं ७ को विकासलाई नागरिकहरूले दिएका सुझावलाई आत्मसात् गर्दै सिंगो नगरको टिमले पुरा गर्ने धारणा व्यक्त गरिन् । नगर उपप्रमुख कार्कीले नागरिकहरूले उठाएका विभिन्न गुनासा र सुझावहरूलाई कार्यान्वयन गर्न नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा नगर र वडाबाट हुने काममा नागरिकलाई साथ दिन अनुरोध गरिन् ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले नागरिक तहबाट नगर र वडाको लागि दिएका सुझावलाई नगरपालिका आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीले वडाबाट संचालनमा रहेका योजना तथा सेवा प्रवाहमा केन्द्रित भएर राखेका प्रश्न तथा जिज्ञासाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो भनाई राख्दै नागरिकले उठाएका प्रश्न र विभिन्न जिज्ञासालाई आगामी दिनमा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । वडा विकासको लागि आफू एउटा प्रतिनिधि मात्रै भएकाले सबै नागरिकले साथ दिनु पर्नेमा जोड दिएका छन् । उनले समृद्ध वडा बनाउनको लागि स्थानीय नागरिकहरूसँग हातेमालो गर्न आफू तयार रहेको धारणा राख्दै त्यो अभियानमा सबैले साथ दिनु पर्ने भनाइ राखे । उनले गएको वर्ष देखि नै वडाले नै सुरु गरेको नागरिकहरूको स्वास्थ्य बिमा गरिदिने, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा दिने, लगायतका कार्यक्रमलाई निरन्तर रूपमा यो वर्ष पनि संचालनमा रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, नेपाली काँग्रेस रामेछाप नगरपालिकाका वडा नं ७ का नगर उपसभापति पेशल कार्की, नेकपा एमाले रामेछाप नगर कमिटी सदस्य तुलसा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि अरुण कार्की लगायतले थप सुशासनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारी सँगै आम नागरिकको पनि त्यतिकै जिम्मेवारी हुने भएकाले सबैले समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

रामेछाप नगरपालिका ७ नं वडा कार्यालय सुकाजोरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लिले गरेको थियो ।

यस्तो छ वडा सचिव अम्बिका कार्कीले प्रस्तुत गरेको चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper