Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नागरिकमैत्री स्थानीय सरकारः वडाध्यक्ष कार्कीको ‘टोलमै सेवा’ अभियान

संवादाताः रामचन्द्र वि.क.
चैत्र १३, २०८१

रामेछाप- रामेछाप नगरपालिका-७, बिर्ताका नागरिकका लागि वडा कार्यालयसम्म पुगेर सेवा लिन त्यति सहज छैन । किनभने बिर्ताबाट वडा कार्यालय पुग्न घण्टौ लाग्छ । वडा कार्यालय टाढा पर्ने भएकाले वडाबाट लिनु पर्ने सेवा लिन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि निकै अफ्ठेरो छ । तर, वडाध्यक्ष समिर कार्कीले नागरिकलाई सहज बनाउने उद्देश्यले ‘टोलमै सेवा’ अभियान सञ्चालन गरेका छन् । यस अभियान अन्तर्गत वडाबाट प्रदान गरिने विभिन्न सेवा नागरिकको घर आँगनमै पुर्‍याउने प्रयास भइरहेको छ । यसले विशेष गरी वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दुरदराजमा बस्ने नागरिक र नियमित रूपमा वडा कार्यालय जान नसक्ने व्यक्तिहरूलाई ठुलो राहत दिएको छ ।

घरमै कर तिर्न पाउँदा खुशी

बिर्ताका ५३ वर्षीय सागर हायु वडाको यो अभियानबाट निकै खुसी छन् । उनी भन्छन्,”मालपोत कर तिर्नका लागि वडा कार्यालयसम्म जानुपर्ने झन्झट हट्यो । घण्टौँ हिँड्नु परेन, खर्च जोगियो, लाइन बस्न परेन । टोलमै कर तिर्ने सुविधा पाएपछि जरिवाना तिर्ने झन्झट पनि हट्यो । टोलमै आएको सेवा सुविधाले यहाँका नागरिकलाई ठुलो राहत मिलेको छ ।” हायुले थपे,”गाउँमै सेवा नआउने हो भने यातायातको साधन प्रयोग गरेर सिन्धुलीको खुर्कोट हुँदै मन्थली पुगेर वडा कार्यालय पुग्न झण्डै एक हजार खर्च हुन्थ्यो । यसरी लाग्ने खर्च सबै जोगिएको छ ।”

त्यस्तै, वडा नम्बर ७, सुकाजोरका ६६ वर्षीय लालबहादुर थापा पनि यस सेवाबाट लाभान्वित भएका छन् । उनले भने, “पहिले घटना दर्ता गर्न, कर तिर्न, सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय जानुपर्ने बाध्यता थियो । तर, अहिले वडाका जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली सेवा लिएर स्वयं हाम्रो टोलमै आउँछन् । यसले हामीलाई धेरै सहज भएको छ ।”

५ सय बढीले लिए सेवा

वडा नं. ७ को विभिन्न टोलहरूमा सञ्चालन भएको यो अभियानअन्तर्गत अहिले वडाले घरदैलोमै पुगेर जन्म, मृत्यु, विवाह, बसाइसराई, नागरिकता सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण, कर सङ्कलन, कृषिसम्बन्धी परामर्श, लगायतका विभिन्न जानकारी तथा अन्य प्रशासनिक सेवा प्रदान गरेको छ । बिर्ता, मुडाजोर, मुगान र सुकाजोरकामा संचालन गरिएको शिफारिस तथा प्रशासनिक सेवा शिविरबाट ५ सय सय भन्दा बढी नागरिकले सेवा लिएको वडा सचिव अम्बिका कार्कीले बताइन ।

स्थानीय सरकार नागरिकको सेवा गर्नकै लागि

रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की भन्छन्, “हामी जनप्रतिनिधि नागरिकको सेवा गर्नकै लागि आएका हौँ । नागरिकले सेवा लिन टाढा जानु पर्ने भयो भने हाम्रो काम नै के ? त्यसैले सकेसम्म राज्यबाट प्राप्त हुने सेवा गाउँमै पुर्‍याउने हाम्रो प्रयास छ।” टोलमै सेवा अभियान अन्तर्गत महिला, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित समुदाय, विपन्न परिवार तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्राथमिकतामा राखेर संचालन गरिएको सेवाबाट टोलभरिका सबै नागरिकहरूले‌ सेवा लिएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार, वडाले विगतका वर्षदेखि नै यो अभियानलाई निरन्तरता दिँदै आएको छ । वार्षिक योजना निर्माणका क्रममा समेत वडाका जनप्रतिनिधि प्रत्येक टोलमा पुगेर नागरिकका समस्या सुन्ने र आवश्यक योजना बनाउने गरेको वडाध्यक्ष कार्कीको दाबी छ । वडाध्यक्ष कार्की भन्छन्, “हामीले यो अभियानलाई अझ व्यवस्थित गर्दै लैजाने तयारीमा छौँ ।”

नागरिकको लाखौँ पैसाको बचत

एक पटक टोलमा पुगेर सेवा दिँदा ५ सय बढी नागरिकले एक पैसा पनि खर्च नगरी निःशुल्क सेवा लिएका छन् । सयौँ नागरिकले टोलमै सेवा पाउँदा लाखौँ पैसा जोगिएको बताउँदै टोल टोलमा पुगेका वडाका कर्मचारी भागवत श्रेष्ठले भने,” एक जना सेवाग्राही वडामा आउनु पर्‍यो भने कम्तीमा पनि एक हजार खर्च हुन्थ्यो । अहिले खर्च भएन । ५ सय सेवाग्राहीको एकमुष्ट हिसाब गर्ने हो भने ५ लाख पैसा जोगिएको छ ।”

नागरिकमुखी सेवा

वडा नम्बर ७ ले थालेको यो अभियान स्थानीय सरकारका लागि अनुकरणीय प्रयास हो । यसले विशेष गरी दुर्गम क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने मात्र नभई सरकारी सेवाप्रति उनीहरूको विश्वास पनि बढाएको स्थानीयले बताउने गरेका छन् । विशेष गरी, ग्रामीण बस्तीहरूमा वडा कार्यालय टाढा पर्ने भएकाले स्थानीय सरकार स्वयं नागरिकको घरदैलोमा पुग्दा सेवाका लागि हुने झन्झट कम हुने, अप्ठ्यारो अवस्थाका नागरिकले सहजै सुविधा पाउने र सरकारी सेवा प्रभावकारी कार्यान्वयन हुने अवस्था यस्ता शिविरहरुले गर्छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper