

रामेछाप– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा नेकपा माओवादी केन्द्र रामेछापको पार्टी कार्यालयमा ‘केपी ओली मुर्दावाद’ लेखिएको ब्यानर झुण्डिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नालायक सरकार मुर्दावाद !, उर्जामन्त्री राजीनामा दे !, केपी ओली मुर्दावाद !, जस्ता नारा लेखिएको ब्यानर झुण्ड्याएको हो ।



नालायक सरकार मुर्दावाद, उर्जामन्त्री राजीनामा दे, केपी ओली मुर्दावाद लेखिएको ब्यानरमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा र ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको फोटो समेत बिगारेर राखिएको छ ।
ब्यानरमा कुलमान घिसिङको तस्बिर समेत राखेर कुलमान घिसिङलाई पुनः नियुक्त गर, उज्यालो नेपालका नायक समेत उल्लेख गरिएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त हुन केही महिना मात्रै भएका घिसिङलाई सोमबार साझा मन्त्रीपरिषद्को बैठकले हटाउने र हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।
घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि माओवादी लगायतका पार्टी र नागरिक स्तरबाट समेत सरकारको विरोध भइरहेको छ ।



आफ्नो प्रतिकृया दिनुहोस्