Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home कुराकानी

महिला दिवसः अधिकार, लैंगिक समानता र सशक्तीकरण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २४, २०८१

महिलाहरू विभिन्न अधिकारबाट बञ्चित, लैंगिक असमानताबाट पीडित तथा सशक्तीकरणको अभावका कारण धेरै समस्याहरू भोग्न बाध्य छन् । मुलुकमा संविधान बनेपछि महिलाहरूका लागि थप अधिकार, लैंगिक समानता, र सशक्तीकरणका व्यवस्थाहरू थपिए । स्थानीय तहमा महिला जनप्रतिनिधिको सुनिश्चितता भएपछि धेरै महिलाहरू नेतृत्वदायी भूमिकामा क्रियाशील छन् ।
महिला अधिकार, लैंगिक समानता र सशक्तीकरणको सन्दर्भमा महिलाहरूको वर्तमान अवस्था कस्तो छ ? यसै विषयमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर रामेछाप नगरपालिकाको उपप्रमुख बालकुमारी कार्की थापासँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र वि.क.ले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँग गरिएको सम्पादित संवाद ।

महिला अधिकार

तपाईंको नगरपालिकामा महिलाहरूको कानुनी अधिकार कार्यान्वयन गर्न मुख्य चुनौतीहरू के छन् ?
महिलाहरूको कानुनी अधिकार कार्यान्वयनमा मुख्य चुनौती पुस्तागत विचारको भिन्नता हो । समाजमा विभिन्न पुस्ताका मानिसहरू बस्ने भएकाले कानुनी अधिकारहरूको स्वीकार्यता फरक देखिन्छ । कानुनी जानकारीको कमी, परम्परागत सोच, र सामाजिक संरचनाले चुनौती थपेका छन् ।

हिंसाविरुद्धको कानुनी सुरक्षा प्रभावकारी छ कि छैन ? यदि छैन भने सुधारका लागि के उपाय अपनाउनु भएको छ ?
हालको कानुनी सुरक्षा प्रभावकारी छैन । हिंसाविरुद्धको कानुनी सुरक्षालाई थप प्रभावकारी बनाउन कडा कानुन निर्माण, पीडितलाई सुरक्षित पुनःस्थापना तथा सहयोग, र महिला स्वयम् निडर तथा जागरूक बन्ने वातावरण आवश्यक छ ।
महिलाहरूको राजनीतिक सहभागिता बढाउन नगरपालिकाले के विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
महिला अधिकार सशक्तीकरण, लैंगिक समानता र आर्थिक सहभागितालाई बढवा दिने कार्यक्रमहरू सञ्चालनमा छन् । महिलाहरूलाई नेतृत्व विकास तालिम, राजनीतिक सहभागितासम्बन्धी सचेतना कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
शिक्षामा पहुँचका हिसाबले तपाईंको क्षेत्रमा के अवस्था छ ?
शिक्षामा महिलाहरूको पहुँच सुधार भइरहेको छ । विशेष गरी आर्थिक रूपमा कमजोर तथा दलित महिलाहरूलाई समान अवसर दिन विभिन्न कार्यक्रम लागू गरिएका छन् ।
आर्थिक रूपमा कमजोर तथा दलित महिलाहरूका लागि के नीति अपनाइएको छ ?
दलित तथा आर्थिक रूपमा कमजोर महिलाहरूको लागि उद्यमशीलता तालिमका साथै आयआर्जनमा सहयोगी हुने नीति लागू गरिएको छ ।
रोजगारका अवसरमा महिलाको पहुँच सुनिश्चित गर्न तपाईंको नेतृत्वमा के कार्यहरू भएका छन् ?
लैंगिक समानताको नीति अवलम्बन गर्दै महिलाहरूलाई उद्यमशीलता र सीप विकासका तालिमहरू दिएर स्वरोजगार बन्न प्रेरित हुने विभिन्न जनचेतनामूलक कार्यहरू थालिएका छन् ।

लैंगिक समानता

नगरपालिकाले महिला र पुरुषबिचको आर्थिक, सामाजिक तथा राजनीतिक असमानता हटाउन के कार्यक्रमहरू ल्याएको छ ?
महिला सशक्तीकरण तालिम, उद्यमशीलता प्रवर्द्धन तथा नीति निर्माणमा महिलाको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् ।
महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउनेतर्फ नगरपालिकाले के पहल गरिरहेको छ ?
महिलाहरूलाई नीति निर्माण तहमा लैजान तालिम, क्षमता अभिवृद्धि तथा उनीहरूको उपस्थिति सुनिश्चित गर्ने कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
महिला उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय सरकारको भूमिका कस्तो देख्नुभएको छ ?
संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्न उद्यमशीलता तालिम र बजार पहुँच सुधारका कार्यक्रम सञ्चालन गरिएका छन् ।
सार्वजनिक सेवा (स्वास्थ्य, शिक्षा, यातायात) मा महिलामैत्री वातावरण बनाउन के कदम चालिएको छ ?
महिला लक्षित स्वास्थ्य कार्यक्रम, सुरक्षित यातायात सेवा, निःशुल्क स्वास्थ्य जाँच तथा शिक्षा पहुँच विस्तार कार्यक्रम लागू गरिएका छन् ।
लैंगिक भेदभावविरुद्धको नीति तथा ऐनहरू कार्यान्वयनमा कत्तिको प्रभावकारी छन् ?
समाजमा विभिन्न धारणा रहेकाले नीति कार्यान्वयनमा चुनौती छ । यसलाई प्रभावकारी बनाउन व्यापक सचेतना, कानुनी परामर्श तथा कडाइका साथ ऐन लागू गरिनुपर्छ ।

महिला सशक्तीकरण

नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन के कस्ता सीपमूलक तालिम तथा अवसरहरू प्रदान गरिरहेको छ ?
महिलाहरूलाई विभिन्न उद्यमशीलता तथा सीप विकास तालिम जस्तै: दुनाटपरी निर्माण, स्वीटर बुन्ने, बेमौसमी तरकारी खेती, बाख्रा तथा कुखुरा पालन, मसला खेती, बाँसजन्य हस्तकला, च्याउ खेती आदि तालिम प्रदान गरिएका छन् ।
लैंगिक हिंसा पीडित महिलाहरूका लागि पुनर्स्थापना तथा मनोवैज्ञानिक परामर्श सेवा कत्तिको प्रभावकारी छन् ?
हाल यी सेवाहरू पर्याप्त प्रभावकारी छैनन् । आगामी दिनमा पुनःस्थापना केन्द्रको सशक्तीकरण, मनोवैज्ञानिक परामर्श सेवा विस्तार तथा पीडितलाई कानुनी सहयोग उपलब्ध गराउने योजनाहरू ल्याउने छौँ ।
स्वास्थ्य तथा मातृ–शिशु कल्याणका क्षेत्रमा महिला लक्षित कार्यक्रमहरू के–के छन् ?
निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी सहायता कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलालाई भिडियो एक्स-रे सुविधा र शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षकको व्यवस्था जस्ता कार्यक्रम लागू गरिएका छन् ।

अन्त्यमा,

आगामी दिनमा महिला सशक्तीकरणका लागि तपाईंको प्राथमिकता के रहनेछ ?
महिलाहरूलाई सशक्त बनाउन, अधिकार सुनिश्चित गर्न, आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिनेछ । कानुनी सुरक्षा, रोजगार वृद्धि, र लैंगिक समानताको सुनिश्चितताका लागि नगरपालिकाले प्रभावकारी भूमिका खेल्नेछ ।
अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको सन्देश स्वरूप, तपाईं नगरका महिलाहरूप्रति के भन्न चाहनुहुन्छ ?
११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म सम्पूर्ण महिलाहरूलाई आग्रह गर्न चाहन्छु:
-आफूलाई सशक्त बनाउन निरन्तर प्रयास गर्नुहोस् ।
-सुरक्षित, जागरूक, र आत्मनिर्भर बन्नुहोस् ।
-आफ्नो अधिकारको रक्षा गर्न सचेत रहनुहोस् ।

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper