Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

महिला दिवस: सुनापतिमा ५० महिला उद्यमी सम्मानित

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २३, २०८१

सुनापति– सुनापति गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाभरिका ५० जना सफल महिला उद्यमीलाई सम्मान गरेको छ। गाउँपालिकाले विभिन्न उद्यमशीलता क्षेत्रमा सक्रिय महिलाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको योगदानलाई कदर गर्न सम्मान प्रदान गरेको हो।

गाउँपालिकाभित्र रहेका महिलाहरू कृषि, पशुपालन, माहुरी पालन, गलैंचा बुनाइ, हस्तकला, तथा घरेलु उद्योगहरू सञ्चालन गर्दै आएका छन्। यस्ता उद्यमले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेलेका कारण, गाउँपालिकाले प्रत्यक वडाबाट १०/१० जना गरी ५० जना उत्कृष्ट महिला उद्यमीलाई छानेर सम्मान गरेको हो ।

गाउँपालिकाले महिला उद्यमीहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्दै उनीहरूको परिश्रम र समर्पणको कदर गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य धर्मशिला चापागाईं, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ लगायतले सम्मानित महिलाहरूलाई खादा, अबिर तथा नगदसहित सम्मान पत्र प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि चापागाईंले सम्मानित महिलाहरूलाई बधाई दिँदै गाउँपालिकाभित्रै स्वरोजगार बन्ने महिलाहरूको प्रयासलाई प्रशंसा गरिन्। उनले भनिन्, “महिलाहरू स्वरोजगार बन्न सकेमा समाजको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्छ। आज यहाँ सम्मानित हुने महिलाहरू प्रेरणादायी हुनुहुन्छ। गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ।”
त्यस्तै, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले पनि महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न गाउँपालिकाले आगामी दिनमा थप योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “गाउँमै उद्योगधन्दा सञ्चालन गरेर महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सकून् भन्ने हाम्रो चाहना हो। यस्तो सम्मानले अन्य महिलाहरूलाई पनि प्रेरित गर्नेछ।”

उपाध्यक्ष गीता विष्टले महिलाहरूले आत्मनिर्भर बन्ने क्रममा भोग्नुपरेका कठिनाइहरूप्रति गाउँपालिकाले ध्यान दिने बताइन्। उनले भनिन्, “उद्योग व्यवसाय सञ्चालन गर्दा पूँजी, तालिम र बजारको अभाव हुन्छ। गाउँपालिकाले यस्ता समस्याहरू समाधान गर्न प्रयास गर्नेछ।”

उद्यमीहरुले आफ्नेै लगानी र गाउँपालिकाको समेत सहयोगमा सञ्चालन गरेका घरेलु तथा साना उद्योगहरू मार्फत महिलाहरू आयआर्जनमा सक्रिय बन्दै गएका छन् । बाख्रापालन, तरकारी खेती, मौरीपालन, ढाका कपडा बुनाइ, गलैंचा उत्पादन, होमस्टे व्यवसाय लगायतका क्षेत्रमा संलग्न महिलाहरूलाई विशेष रूपमा छनोट गरी सम्मान गरिएको हो।

सम्मानित महिलाहरूले पनि गाउँपालिकाले गरेको सम्मानप्रति खुसी व्यक्त गर्दै भविष्यमा आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाए। उनीहरूले आफ्ना उत्पादनहरूलाई राम्रो बजार व्यवस्थापन गर्ने अवसर पाएमा अझ ठूलो स्तरमा व्यवसाय सञ्चालन गर्न सकिने बताए।
सुनापति गाउँपालिकाले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअघि पनि गाउँपालिकाले महिलाहरूलाई उद्यमशीलता सम्बन्धी तालिम र व्यवसाय प्रवर्द्धनका लागि विभिन्न योजनाहरू सञ्चालन गरिसकेको छ।

यस प्रकारका सम्मान कार्यक्रमहरूले गाउँमा उद्यमशीलताको विकास गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी वर्षहरूमा यस्ता कार्यक्रमहरूलाई थप व्यवस्थित बनाउँदै लैजाने योजना समेत रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper