Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति गाउँपालिकाको सेवा गाउँमै

संवादाताः रामचन्द्र वि.क.
मंसिर ८, २०८१

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले पालिकाको केन्द्रबाट प्रवाह हुने सेवालाई गाउँ केन्द्रित गरेर विभिन्न सेवा नागरिकको घर-आगनमै पुर्‍याएको छ । गाउँपालिकाले शुक्रवार देखि एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवालाई वडा कार्यालयमा लगेर स्थानीय नागरिकलाई सेवा दिन सुरु गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, योजना तथा कार्यक्रम सम्झौता, उपभोक्ता समितिलाई अभिमुखीकरण लगायतका सेवा दिने गरी शुक्रवार देखि सुरु भएको शिविरमा सेवा लिन आएका जेष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले जेष्ठ नागरिक परिचय पत्र वितरण गरेर सेवाको सुरुवात गरेका छन् ।

गाउँपालिकाको पाँच ओटै वडामा संचालन हुने घुम्ती शिविरको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष तामाङले पालिका सम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई वडाबाट सेवा दिँदा उनीहरूलाई गाउँपालिका सम्म आउनु पर्ने झन्झटबाट मुक्त हुने र आर्थिक रूपमा समेत भार नपर्ने हुँदा उनीहरूकै सहजताको लागि सेवा गाउँ–गाउँमा लगिएको बताए । अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकले परिचय पत्र पाएपछि राज्यबाट पाउने सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउने अध्यक्ष तामाङले बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष गीता विष्टले गाउँपालिकाका नागरिकले स्थानीय सरकारबाट पाउने सेवालाई थप नागरिकमैत्री बनाउनको लागि विभिन्न सेवा गाउँमा लगिएको बताइन् । यस अघिका वर्षहरूमा पनि गाउँपालिकाले प्रदान गर्ने विभिन्न सेवा गाउँमै लगेर प्रदान गरिएको र यो वर्ष पनि विभिन्न सेवा सहित गाउँमा सेवा लगिएको भनाइ राखिन् । यसरी गाउँमा सेवा लैजदा नागरिकले गाउँमा सरकार भएको अनुभूति गर्ने र सरकारले नागरिक प्रति गर्नु पर्ने दायित्व पनि पुरा हुने उनको भनाइ रहेको छ ।

गाउँमै गएर उपभोक्ता समिति गठन गर्ने र त्यो समितिलाई अभिमुखीकरण गराउँदा आर्थिक वर्षका लागि विनियोजित योजनाहरू चाँडै सम्पन्न हुने र समिति मार्फत काम गर्दा पुरा गर्नु पर्ने कानुनी प्रक्रियाको बारेमा समेत समितिलाई जानकारी हुने भएकाले शिविर मार्फत समिति गठन गरेर अभिमुखीकरण गर्न लागिएको उपाध्यक्ष विष्टको भनाइ रहेको छ । त्यस्तै गाउँपालिका भित्र विभिन्न व्यवसाय गर्दै आएका तर हाल सम्म दर्ता नभएका र दर्ता भएर पनि नवीकरण नभएको व्यवसायलाई शिविर मार्फत दर्ता तथा नवीकरण गर्दा व्यवसायीलाई पालिका सम्म पुग्नु पर्ने झन्झटबाट मुक्ता हुनुको साथै कानुनी रूपमा सहज हुने उपाध्यक्ष विष्टले बताइन् ।

शुक्रवार वडा नं ४ बेथानबाट सुरु भएको शिविर शनिवार वडा नं ५ खनियापानी, आइतबार वडा नं ३ हिलेदेवी, सोमवार वडा नं २ दिमीपोखरी र मंगलवार वडा नं ५ गुन्सीमा संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकाका नागरिकहरूलाई अनुरोध गरेका छन् ।

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper