Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापतिको पहिलो चौमासिकसम्मको प्रगति विवरण: १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन

संवादाताः रामचन्द्र वि.क.
मंसिर ८, २०८१

रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी १२.८४ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा सुनापति गाउँपालिका, वडा कार्यालय र पालिकाका विभिन्न शाखाबाट प्रवाह भएका सार्वजनिक सेवा र विकास निर्माणको प्रभावकारिता र जवाफदेहिताको विषयमा शुक्रवार सम्पन्न सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरणमा वित्तीय प्रगति तर्फ उक्त खर्च भएको उल्लेख छ ।

त्यस्तै पहिलो चौमासिकसम्मको अवधिमा गाउँपालिका र वडा कार्यालयहरूबाट १३ लाख ४४ हजार ५ सय ७७ रुपैयाँ ३ पैसा राजश्व संकलन भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा (एक वर्ष) ४५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्य अनुसार चार महिनाको अवधिमा २९.८८ प्रतिशत राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि धेरै जसो काम सुरु भइसकेको र दोस्रो चौमासिकसम्ममा पुँजीगत खर्च ६० देखि ७० प्रतिशत हुने गरी काम गरिने गाउँपालिकाको प्रतिबद्धता रहेको छ । 

नागरिकको सल्लाह अनुसार काम हुन्छ: अध्यक्ष तामाङ

गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले गाउँपालिकाबाट हुने काम नागरिकको सुझाव र सल्लाह अनुसार हुने बताएका छन् । अध्यक्ष तामाङले गाउँपालिकाले नीति तथा कार्यक्रम बनाउँदा पनि नागरिककै सहभागितामा उनीहरूकै आवश्यकतालाई प्राथमिकता दिएर बनाएको बताउँदै कार्यान्वयन पनि नागरिककै सल्लाह अनुसार हुने बताएका हुन् । सार्वजनिक सुनुवाइको क्रममा सहभागीहरूले राखेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सुधार लगायतका प्रश्नको जवाफ दिँदै अध्यक्ष तामाङले नागरिकको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गीता विष्टले गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई शिविर मार्फत गाउँ–गाउँमा पु¥याइएको र त्यो शिविरले धेरैलाई सहयोग पुग्ने बताइन् । उनले गाउँपालिकासम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूले पाउने अपाङ्गता परिचय पत्र, जेष्ठ नागरिक परिचय पत्र र व्यवसाय दर्ता तथा नविकरणका कामहरू गाउँ तहमै लगेर नागरिकलाई सेवा दिन सुरु गरिएकाले यस्तो सेवाले नागरिकहरूलाई धेरै सहयोग पुगेको भनाइ राखिन् । गाउँपालिकाले महिला लक्षित विभिन्न कार्यक्रम गरेको र त्यस्ता कार्यक्रमले सुनापतिका धेरै महिलालाई सीपयुक्त बनाएको र केही महिलाहरूले अहिले आफूसँग भएको सीपले उपयोग गरेर आर्थिक आम्दानी समेत लिन थालेको बताइन् । गाएका वर्षहरूमा गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो खर्च गरेको र त्यसको उपलब्धि स्वरूप जिल्लाका अन्य पालिका भन्दा सुनापति गाउँपालिकाको शिक्षाको प्रगति विवरण पहिलो नम्बरमा परेको भनाइ राखिन् । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सुनापति गाउँपालिका वडा नं १ का वडाध्यक्ष ध्रुव प्रसाद चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा र वडा नं ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धरले वडा तहबाट नागरिकले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै आफ्ना वडाका नागरिकहरूले दिएका सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएका छन् । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले सुनापति गाउँपालिकाले पहिलो चौमासिक सम्पन्न हुन साथ नागरिकमाझ आफूले गरेका कामको विवरण प्रस्तुत गर्दै सार्वजनिक सुनुवाइ गर्नु सुशासनको एउटा राम्रो नमुना भएको भनाइ राखे । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका पुर्वध्याक्ष हिमाल ढुंगेलले सार्वजनिक निकायले गर्ने सार्वजनिक सुनुवाइले ती निकायहरूलाई सुशासनमैत्री बनाउन मद्दत पुग्ने भनाइ राख्दै सुनापति गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइले पनि गाउँपालिकालाई सुशासनमैत्री गाउँपालिका बनाउने विश्वास व्यक्त गरे । 

सुनापति गाउँपालिकाको आयोजना तथा प्रहार मिडिया प्रा.लि. रामेछापको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा वडा नं १ देखि वडा नं ५ सम्मका ५० भन्दा बढी नागरिकहरूले बहिर्गमन अभिमतमा सहभागिता जनाएका थिए भने कार्यक्रम स्थलमा झण्डै १५० स्थानीयहरूको सहभागिता रहेको थियो । 

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper