Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विज्ञान सामग्री प्रर्दशनी

संवादाताः कैलाश खत्री
मंसिर ३, २०८१

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा आयोजना भएको एक दिने विज्ञान शैक्षिक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ। यो वर्षको शैक्षिक कार्यक्रम अन्तरगत मन्थली नगरपालिकाले विज्ञान शैक्षिक सामाग्री प्रर्दशनी आयोजना गरेको थियो। मंसिर २गते आइतबार मन्थली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको विज्ञान शैक्षिक सामाग्री प्रर्दशनीमा मन्थली नगरपालिकाका १९ वटा विद्यालयहरूले भाग लिएका थिए । जसमा मन्थली मावि पहिलो, लिट्टिल स्टार बोर्डिङ स्कुल दोस्रो, तामाकाेशी बाेर्डिङ स्कुल तेस्रो र भीमेश्वर रुद्र मावि चिसापानी चौथो भएका थिए । पहिलो हुनेले नगद दश हजार, दोस्रोले नगद सात हजार पाँच सय, तेस्रो हुनेले पाँच हजार र चौथो हुनेले नगद तीन हजार प्राप्त गरेका थिए । विजेता र सहभागी सबै विद्यालयहरूलाई  प्रमाणपत्र प्रदान गरिएको थियो । नगद पुरस्कार र प्रमाणपत्र मन्थली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदी, नागकन्या माविका प्रधानाध्यापक सुमित्रा खड्का, मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीले संयुक्तरूपमा प्रदान गरेका थिए ।

 कार्यक्रममा बोल्दै मन्थली  नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु बहादुर अधिकारीले विज्ञान प्रर्दशनीले विद्यार्थीको क्षमता थप बढ्ने बताए । उनले आगामी दिनमा विज्ञान शिक्षालाई अध्यापन गराउन सहयाेग पुग्ने थप कार्यक्रम बनाउने बताए। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई विज्ञान प्रविधिकाे क्षेत्रमा नयाँ खाेज र अनुसन्धान गर्न सहयोग पुग्ने लिट्टिल स्टार माविका प्रधानाध्यापक रमेश फुयालकाे भनाइ छ । उनले मन्थली नगरपालिकाले विज्ञान शिक्षामा खाेज अनुसन्धानका लागि यथोचित बजेट राख्नुपर्ने सुझाव दिए । 

प्रर्दशनीकाे मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेल, मन्थली नगरपालिका महाशाखा प्रमुख उपसचिव हेमन्त कुमार, बुढाथोकी मन्थली नगरपालिका प्रवक्ता गाेपाल श्रेष्ठ, नेल्टा रामेछापका अध्यक्ष हस्त बहादुर लामा लगाए नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper