Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जब झपड बहादुरले चिकित्सकलाई प्रश्न गरे– ‘अब हातको हड्डी कहिल्यै जोडिँदैन ?’

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८१

चार वर्ष अघि गाउँमा आफन्तको बिहेमा आवश्यक सामाग्री लिएर मोटरसाइकलमा जाँदा दुर्घटनामा परेर झपड बहादुरको देब्रे हात भाँचियो । हात नै भाँचिए पछि उनले आफन्तको बिहेमा पुग्ने भन्दा आफ्नो जिन्दगी चलाउने हात प्यारो ठानेर उपचारको लागि काठमाण्डौ तर्फ लागे । त्यति बेला उनको उपचार काठमाण्डौँको वीर अस्पतालमा भयो । चिकित्सकका अनुसार उनको बायाँ हातको कुहिनोको छेउको सानो हड्डी भाँचिएको थियो । चिकित्सकै सल्लाह अनुसार उनले भाँचिएको हड्डीलाई जोड्ने गरी मासु भित्र स्टिल राखेर उनको उपचार भयो । उपचार पश्चात् केही समय पछि उनको हात पहिलाकै अवस्थामा आयो र उनको दैनिकी पहिलेको जस्तै गरी चल्यो । भाँचिएको हातले राम्रैसँग काम गर्न थालेपछि भाँचिएको हड्डीको अवस्था कस्तो छ भनेर कुनै पनि ठाउँमा जँचाएनन् । किनकि उनको हातले उपचार पछि पनि पहिलेकै जसरी काम गरिरहेको थियो ।

५५ वर्ष पार गरेका रामेछाप नगरपालिका वडा नं ९ का झपड बहादुर श्रेष्ठले जिल्लाकै अस्पतालमा हार्डजोर्नी सम्बन्धी निःशुल्क शिविरको बारेमा सूचना पाए । गाउँकै अस्पतालमा हाड सम्बन्धी उपचार हुने सूचना पछि चार वर्ष अघि हात भाँचिएर स्टिल राखेको सम्झे अनि चेकजाँच गराएर मिल्ने रहेछ भने स्टिल झिक्ने निधो गरेर शनिवार बिहान रामेछाप अस्पताल पुगे । अस्पतालमा उनले चिकित्सकलाई चार वर्ष अघिको दुर्घटनाको बारेमा मात्रै बताएनन्, वीर अस्पतालमा गरेको उपचारको बारेमा पनि सबै बताए । आफ्नो हातको अवस्थाको बारेमा बताएका झपड बहादुरले चिकित्सकलाई मिल्ने भए चार वर्ष अघि उपचारको क्रममा राखेको स्टिल झिकिदिन आग्रह गरे । तर, चिकित्सकले एक पटक एक्स-रे गरेर हेरेपछि मात्रै थाहा हुने बताए पछि उनको अस्पतालमै एक्स-रे भयो । एक्स-रे रिपोर्टले चार वर्ष अघि भाँचिएको हड्डी जोड्ने गरी उपचार गरिएको भए पनि अहिले सम्म हड्डी भाँचिएकै अवस्थामा देखियो । अर्थात् भाँचिएको हड्डी जोडिएको देखिएन । झपड बहादुरलाई लाग्यो अब मेरो हातले काम नगर्ने रहेछ !

चार वर्ष अघि गरेको उपचार अनुसार हातको हड्डी नजोडिएको देखे पछि झपड बहादुरले चिकित्सकलाई प्रश्न गरे, ‘डाक्टर साब मेरो हातको हड्डी अब कहिल्यै जोडिँदैन ?’ उनको प्रश्न सकिन नपाउँदै एक्सरेको रिपोर्ट हेर्ने चिकित्सकले उनलाई भने, ‘त्यस्तो हुँदैन । तपाइको हड्डीलाई फेरि पनि शल्यक्रिया गरेर जोड्न मिल्छ । त्यो पनि अहिले नै ।’ अनि त्यस पछाडि सुरु भयो झपड बहादुरको उपचारको प्रक्रिया ।

‘आफ्नै गाउँमा हड्डी जोड्ने उपचार निःशुल्क हुँदा धेरै खुसी छु’– झपड बहादुर श्रेष्ठ

रामेछाप अस्पतालले ३ दिन सम्म सञ्चालन गरेको हार्डजोर्नी सम्बन्धी विशेषज्ञ सहितको निःशुल्क शिविरमा झपड बहादुर श्रेष्ठले चार वर्ष अघि दुर्घटनामा परी भाँचिएको हड्डीलाई पुन जोड्ने उपचार गराएका छन् । नेपाल अर्थोपेडिक अस्पतालका हार्डजोर्नी सम्बन्धी विशेषज्ञले उनको सफल रूपमा शल्यक्रिया गरिदिएको झपड बहादुरले बताए । झपड बहादुर श्रेष्ठले प्रहार खबरसँग कुरा गर्दै भने, ‘अहिले म अस्पतालमै आराम गरेर बसेको छु । चार वर्ष अघि गरिएको उपचार अहिले सफल नभएको थाहा पाइयो र फेरि भाँचिएको हड्डीलाई जोड्ने उपचार भएको छ । आफ्नै शरीरको अर्को ठाउँको हड्डी झिकेर भाँच्चिएको ठाउँमा टाल्ने काम गरिएको छ । मलाई विश्वास छ अब मेरो हातको हड्डी जोडिन्छ ।’ 

आफ्नै गाउँमा निःशुल्क उपचार हुँदा आफ्नो लाखौँ पैसा जोगिएको उनले बताए । जिल्लामा रहेको अस्पतालले यसरी आफूहरू जस्ता समस्यामा परेकालाई लक्षित गरी ल्याउने शिविरले आफूलाई धेरै राहत पुगेको उनले बताए । अहिले सफलतापूर्वक सम्पन्न भएको भएको शल्यक्रियाको नजिता पछि पनि राम्रै आउनेमा उनको विश्वास रहेको छ ।

३ दीनको शिविरमा ४ सय बढीको चेकजाँच, ४० जनाको शल्यक्रिया

तीन दिन सम्म संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा हाड तथा हार्डजोर्नी सम्बन्धी समस्या भएका ४ भन्दा बढी नागरिकले चेकजाँच गराएका छन् । बिहीबार, शुक्रवार र शनिवार गरी तीन दिन सम्म संचालन भएको शिविरमा रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीका बिरामीले सेवा लिएको रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार हार्डजोर्नीका विभिन्न समस्या ४० जनाको सामान्य तथा जटिल प्रकारको शल्यक्रिया गरी उपचार गरिएको छ ।

रामेछाप अस्पतालमै पहिलो पटक संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट धेरै नागरिकले सेवा लिएको बताउँदै डा. श्रेष्ठले भने,‘रामेछाप अस्पतालमा प्रत्येक महिनाको अन्तिममा विभिन्न रोगका विशेषज्ञ सहितको चिकित्सकहरूको टोली ल्याएर शिविरहरू संचालन गरी राखेका छौँ । त्यसले धेरै मानिसले निःशुल्क स्वास्थ्य सेवा पाउँदै आएका छन् । यो पटक भने हामीले हार्डजोर्नी सम्बन्धी लामो समय देखि काम गरिरहेको नेपाल अर्थोपेडिक अस्पताल काठमाण्डौँको सहयोगमा निःशुल्क शिविर संचालन ग¥यौँ । यसले आर्थिक रूपमा समस्यामा भएका र काठमाण्डौँ सम्म जान नसक्नेहरूका लागि निकै सहयोग पु¥याएको छ । सेवा लिएका ४ सय बाहेक शल्यक्रिया गर्ने ४० जनाको मात्रै पैसा तिरेर उपचार गर्नु परेको भए एक मुष्टमा ८० लाख भन्दा बढी खर्च हुन्थ्यो । निःशुल्क भएकाले नागरिकको पैसा पनि जोगिएको छ । यो हाम्रा नागरिकहरूका लागि धेरै राम्रो कुरा हो ।’

‘स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानमा छौँ हामी’– अध्यक्ष पाख्रिन

रामेछाप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम कुमार पाख्रिनले जिल्लाको ग्रामीण क्षत्रमा रहेका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी उनीहरूलाई सहज रूपमा जिल्लामै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पतालले काम गरिरहेको बताएका छन् । अस्पतालबाट संचालनमा रहेका नियमित सेवालाई थप गुणस्तरीय बनाउने गरी काम गर्दै स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू समेत संचालन गरिएको उनले बताए ।

अध्यक्ष पाख्रिनले भने,‘काठमाण्डौका सुविधा सम्पन्न भनिएका अस्पतालहरूले दिने सेवा दिन सक्ने उपकरणहरू रामेछाप अस्पतालमा पनि छन्, ती उपकरणहरूको प्रयोग गरेर सेवाग्राहीलाई दिन सक्ने जति सबै प्रकारका उपचारहरू अहिले संचालनमा रहेका छन् । सरकारले दिने विभिन्न सुविधा मार्फत नागरिकलाई सके सम्म निःशुल्क रूपमा उपचार गराउने प्रयासमा हामी छौँ । पछिल्लो समयमा प्रत्येक महिनाको अन्तिम हप्ता विभिन्न विभिन्न रोगका विशेषज्ञहरूको संलग्नतामा निःशुल्क रूपमा शिविर मार्फत सयौँ बिरामीको उपचार गर्ने गरेका छौँ । यस्तो कार्यक्रमबाट ग्रामीण क्षत्रमा बस्ने नागरिकहरू र आर्थिक रूपमा कमजोर भएका नागरिकहरू बढी लाभान्वित भएका छन् । हामी यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा संचालन गर्ने तयारीमा लागेका छौँ । यसमा सबैले साथ दिनु पर्छ अनि मात्रै जिल्लाका आम नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने छन् ।’

नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जनाको टिम सहित रामेछाप अस्पतालका चिकित्सकहरूको समेत संलग्नतामा हार्डजोर्नीको चेकजाँच तथा उपचार भएको थियो ।

२०८१ भदौ १६ गतेको प्रहार खबर साप्ताहिक पत्रिकामा प्रकाशित

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper