
रामेछाप– नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की उत्कृष्ट ५ मा पर्न परेकी छिन् । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै आफू ५ उत्कृष्टमा परेकी हुन् ।




मंगलबार राती ९ बजे एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी सो मा ७ प्रतिस्पर्धी मध्ये ५ उत्कृष्टमा परेकी कार्कीले आफूलाई पहिलो बनाउन सबै दर्शकलाई अनुरोध गरेकी छिन् । उनलाई थप अघि बढ्न भोटको आवश्यकता पर्ने भएकाले सबैलाई भोट गरेर सहयोग गर्न उनका बाबु केदार कार्कीले समेत अनुरोध गरेका छन् ।
गौरीशङ्कर मावि रामेछापमा कक्षा ५ मा अध्ययनरत रहेकी कार्की भर्खर १० वर्षकी मात्रै भइन् । मंगलबारको रिजल्ट अनुसार ७ प्रतिस्पर्धी मध्ये पाँच उत्कृष्टमा सुरक्षित भएपछि भिडियो सन्देश जारी गर्दै उनले भोट गरेर जिताउन अनुरोध गरेकी छिन् । हाईलाइट नेपालको युट्युव च्यानलबाट समेत प्रसारण हुने सो को निर्णायकहरुमा मिथिला शर्मा र गौरी मल्ल रहेका छन् । कार्कीलाई ई सेवा र ग्लोबल आइएमइ पे बाट भोट गर्न सकिने छ । भोटिङ असार ९ गते बिहान १० बजे सम्म खुल्ला रहने छ ।
भोट गर्ने तरिका
1) open- eSewa
2) Click- Voting
3) click- national got talent
4) click- categories
5) click- top 5 dancing
6) click- choose packeg (vote)




आफ्नो प्रतिकृया दिनुहोस्