Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको बैठक मन्थलीमा

संवादाताः कैलाश खत्री
चैत्र १७, २०८०

रामेछाप- नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको पाँचौँ विस्तारित बैठक रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कको सभा हलमा बैठक सम्पन्न भएको हो । सोही बैठकमा नेपाल निजामती कर्मचारी संगठमा आबद्ध कर्मचारीहरू लाई प्रशिक्षण समेत दिइएको थियो । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष बरूण कुमार शाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला रहेका थिए ।

बैठकलाई मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भवानी दाहाल, पेशागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्की, अनेरास्ववियु स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, अनेरास्ववियु रामेछापका अध्यक्ष पुस्कर भट्टराई लगाएले सम्बोधन गरेको नेपाल निजामती कर्मचारी संगठन रामेछापका अध्यक्ष रोहिनी राज चापागाईँले जानकारी दिए । बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष कोइरालाले संगठन, ट्रेड युनियन अधिकार आवश्यकता र महत्त्व लगायत प्रस्तावित कर्मचारी ऐनका विषयमा आफ्नो धारणा राखेका थिए । केन्द्रीय उपाध्यक्ष भवानी दाहालले नेतृत्व विकासका बारेमा आफ्नो विचार राखेका थिए भने पेशागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले राजनीति र प्रशासनको विषयमा प्रशिक्षण दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले निजामती कर्मचारी र जनप्रतिनिधि बिचको एकताबद्द कार्यले मात्रै विकास र समृद्धि सम्भव हुने बताइन । उपप्रमुख बस्नेतले स्थायी सरकारको रूपमा रहेको निजामती कर्मचारीहरूले देश विकासको गति लाई माथि उठाउन सुशासन सहितको जनमैत्री सेवा दिनु आजको आवश्यकता भएको भनाइ राखिन । कार्यक्रममा रामेछाप जिल्ला लगायत बागमती प्रदेशभरका नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper