![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Karagar-Karyalay-Ramechhap.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Napi-Karyalay-Ramechhap-FInal.gif)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Kolenika-Ramechhap.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2023/10/Purbadhar-Office-Ramechhap.gif)
रामेछाप- नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीको पाँचौँ विस्तारित बैठक रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कको सभा हलमा बैठक सम्पन्न भएको हो । सोही बैठकमा नेपाल निजामती कर्मचारी संगठमा आबद्ध कर्मचारीहरू लाई प्रशिक्षण समेत दिइएको थियो । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष बरूण कुमार शाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला रहेका थिए ।
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/01-copy.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2024/03/9d721dec-1657-4467-9080-c0f111868993-1024x485.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Sanghiya-Khanepani-tatha-dhal-byabasthapn-aayojan.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2020/06/Ramechhap-Pradhikaran-Final.jpg)
बैठकलाई मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भवानी दाहाल, पेशागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्की, अनेरास्ववियु स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, अनेरास्ववियु रामेछापका अध्यक्ष पुस्कर भट्टराई लगाएले सम्बोधन गरेको नेपाल निजामती कर्मचारी संगठन रामेछापका अध्यक्ष रोहिनी राज चापागाईँले जानकारी दिए । बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष कोइरालाले संगठन, ट्रेड युनियन अधिकार आवश्यकता र महत्त्व लगायत प्रस्तावित कर्मचारी ऐनका विषयमा आफ्नो धारणा राखेका थिए । केन्द्रीय उपाध्यक्ष भवानी दाहालले नेतृत्व विकासका बारेमा आफ्नो विचार राखेका थिए भने पेशागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले राजनीति र प्रशासनको विषयमा प्रशिक्षण दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले निजामती कर्मचारी र जनप्रतिनिधि बिचको एकताबद्द कार्यले मात्रै विकास र समृद्धि सम्भव हुने बताइन । उपप्रमुख बस्नेतले स्थायी सरकारको रूपमा रहेको निजामती कर्मचारीहरूले देश विकासको गति लाई माथि उठाउन सुशासन सहितको जनमैत्री सेवा दिनु आजको आवश्यकता भएको भनाइ राखिन । कार्यक्रममा रामेछाप जिल्ला लगायत बागमती प्रदेशभरका नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
![](https://hamroprahar.com/wp-content/uploads/2024/03/95b2c5a7-e0ae-4320-822b-870c58b05802-1024x973.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2024/03/Bagmati-Pradesh-Sanchar-Add-Adhikar-1.gif)
![](https://hamroprahar.com/wp-content/uploads/2024/03/Bagmati-Pradesh-Sanchar-Add-2-900x100-1.gif)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Khanepani-tatha-sarsafai-divison-no-4-ramechhap.gif)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Shikxya-Bikash-Tatha-sammanaya-Ekair-Ramechhap.jpg)
![](https://hamroprahar.com/wp-content/uploads/2024/06/Udhyog-Tatha-Banijya-Karyalaya-Ramechhap-copy.jpg)
आफ्नो प्रतिकृया दिनुहोस्