रामेछाप- नेपाली काँग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा उज्ज्वलराम घिमिरे मनोनयन भएका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले रामेछापका घिमिरेलाई शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।
सभापति बानियाँले घिमिरेलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा १३ (१०) झ बमोजिम उक्त जिम्मेवारीमा प्रदान गरिएको उल्लेख गरेका छन् । शनिवार एक कार्यक्रमको अवसर पारेर विभागको प्रमुखमा मनोनयन गरेको पत्र दिँदै सभापति बानियाँले घिमिरेलाई आफ्नो जिम्मेवारीलाई पार्टीका शुभेच्छुक संस्थाहरूसँग राम्रो समन्वय गरेर पुरा गर्न आग्रह गरे । उनले पार्टीलाई चलायमान बनाउन र युवाहरूको भूमिकालाई थप सशक्त बनाउन घिमिरेलाई मनोनयन गरेको प्रतिक्रिया दिए ।
शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनोनयन भएका घिमिरे नेपाली काँग्रेस बागमती प्रदेश समितिको निर्वाचित सदस्य हुन ।
आफ्नो प्रतिकृया दिनुहोस्