Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

एउटै किसानले धेरै ठाउँमा अनुदान मात्रै लिन खोज्नु गलत हो– नगर प्रमुख श्रेष्ठ

संवादाताः हाम्रो प्रहार
चैत्र ४, २०८०

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले एउटै किसानले धेरै निकायबाट अनुदान मात्रै लिन खोज्नु गलत भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापले शनिवार योजना गरेको कृषि यान्त्रिकरण तथा कृषि उपज संकलन विक्री सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले केही किसानहरूले एउटै कामलाई देखाएर धेरै निकायबाट अनुदान लिन खोजेको बताउँदै त्यस्तो काम गलत भएको बताएका हुन् । नगर प्रमुख श्रेष्ठले भने–‘अनुदानले मात्रै सबै कुरा हुँदैन । काम गरेर गुणस्तरीय उत्पादन भयो भने त्यस्तो कृषिजन्य बस्तु विक्री हुन त्यति समस्या पनि छैन । विगत देखि नै केही किसानहरूले एउटै काम देखाएर धेरै निकायबाट अनुदान लिने गरेको पनि देखियो, त्यो राम्रो काम हैन । कृषि क्षेत्रमा लाग्ने किसानले बजारको मागलाई हेरेर मौसमी तथा बेमौसमी कृषि जन्य वस्तु उत्पादन गर्न सके त्यस्तो बस्तु विक्री गर्न त्यति समस्या हुँदैन, अब किसानहरू त्यता तिर लाग्नु पर्दछ ।’

नगर भित्र रहेका किसानले कृषि कार्य गर्नु भन्दा पहिला बजारको मागलाई धान्ने र सधैँ योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै नगर प्रमुख श्रेष्ठले त्यस्ता किसानलाई नगरले सहयोग गर्दै आएको र अब पनि किसानलाई सहयोग हुने भनाई राखे । नगर प्रमुख श्रेष्ठले जिल्ला कृषि सहकारी संघले सुरु गर्न लागेको ‘कृषि जन्य बस्तु संकलन तथा बजारीकरणमा’ नगरपालिकाको तर्फबाट सहयोग हुने प्रतिबद्धता पनि जनाएका छन् । 

कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले जिल्लामा जिल्लामा रहेका कृषि सहकारी र अन्य सहकारीले समेत कृषि क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिए । उनले अहिले कृषि क्षेत्रमा लागेका किसानको लगानीले मात्रै उत्पादनमा समस्या हुने भएको हुँदा सरकारले धेरै भन्दा धेरै अनुदानका कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड दिए । 

जिल्ला कृषि सहकारी संघ रामेछाका अध्यक्ष कुमार श्रेष्ठले जिल्ला कृषि सहकारी संघको अगुवाइमा जिल्लामा उत्पादन भएका कृषि जन्य बस्तुको संकलन तथा बजारीकरणको लागि काम सुरु गरिएको बताउँदै त्यसलाई सफल बनाउनको लागि स्थानीय तह, संघका प्रारम्भिक सहकारी, कृषि क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था, किसान लगायतको सहयोग आवश्यक रहेको भनाई राखे । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ रामेछापका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले जिल्ला कृषि सहकारी संघ रामेछापले कृषि जन्य वस्तुको संकलन तथा बजारीकरणको लागि तयार पारेको कार्यविधिको बारेमा जानकारी गराउँदै आगामी कार्यक्रमको कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रीनयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका सचिव शिव श्रेष्ठ, कृषि विकास कार्यालय रामेछाप र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापका प्रतिनिधि लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

जिल्ला कृषि सहकारी संघ रामेछापको आयोजना तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सह–आयोजनामा भएको कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका बजार प्रमुख गणेश शिवकोटीले हाल मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराउँदै कम्पनीले रामेछापमा पनि कृषि सहकारी संघसँगको सहकार्यमा विभिन्न काम गरिरहेको भनाई राखे । मुक्तिनाथ कृषि कम्पनीका कृषि प्राविधिकहरुद्वारा करिब एक दर्जन किसानको माटो समेत निःशुल्क परीक्षण गरेर तत्काल रिपोर्ट समेत सार्वजनिक गरिएको थियो ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper