Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखु-२ जलविद्युत आयोजनाको लापरबाहीले जलाउँदै गरेको लास नदीले बगायो 

संवादाताः रामचन्द्र वि.क.
माघ १३, २०८०

रामेछाप- रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधीन अवस्थामा रहेको लिखु-२ जलविद्युत आयोजनाको लापरबाहीले घाटमा जलाउँदै गरेको लास नदीले बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका एक स्थानीयको लास शनिवार साँझ बाल्दिङस्थित मार्बु दोभानमा  रहेको घाटमा जलाउने क्रममा आयोजनाले स्थानीलाई थाहा नदिई पानीको बहाव बढ्ने गरी पानी खोलिदिएपछि जलाउँदै गरेको लास बगाएको हो ।

अन्य बेला नदीलाई पूर्ण रूपमा सुकाएर सुरुङ मार्ग मार्फत सबै पानी विद्युत् उत्पादनको लागि लैजाने जलविद्युत आयोजनाले शनिवार भने नदी किनारमा रहेका (मलामी) स्थानीयलाई जानकारी नदिई ठुलो पानी छोडेको कारण जल्दै गरेको लास बगाएको स्थानीय राजेन्द्र बस्नेतले बताए । घाट स्थलमा रहेका बस्नेतले घटनाको बारेमा जानकारी दिँदै भने- ‘हामी दिउँसो करिब ३ बजे देखि नै घाट स्थलमा छौँ । हामी यहाँ भएको जानकारी आयोजनालाई पनि पूर्ण रूपमा छ । साँझ ५ बजे पछि लास जलाउन सुरु गरेका थियौँ, लास जलिरहेको बेला करिब साढे ६ बजेको समयमा नदी बगेर आयो अनि जल्दै गरेको लास बगाएर लग्यो ।’

लास सँगै मृतकका दाजुभाइले नदी किनारमा फुकालेर राखेको कपडासँगै ब्याग समेत बगाएको बस्नेतले बताए । बस्नेतका अनुसार ब्यागमा रहेको नगद पैसा, चेक बुक र अन्य महत्त्वपूर्ण सामाग्री पनि नदीले बगाएको छ ।

लास नदी किनारमा लैजाने बेला आयोजनाका इन्चार्ज सञ्जीव खनाल गाडी लिएर भाग्न खोजेको र उनको त्यो गतिविधिले यो घटना नियोजित भएको स्थानीय राजेन्द्र बस्नेतले दाबी गरे ।

घटनाको बारेमा आयोजनामा बुझ्दा मेसिन बिग्रेर तत्काल आइपरेको समस्याले गर्दा पानी गएको भन्ने जानकारी आफूले पाएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । घटना स्थलको नजिक सोलुखुम्बुको सुरक्षा  निकाय रहेकाले घटना कसरी घट्यो भन्ने विषयमा यथार्थ जानकारी लिन सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी, सोलुखुम्बु जिल्लाको सुरक्षा निकाय र। रामेछापको सुरक्षा निकायसँग समन्वय भइरहेको प्रजिअ निरौलाले बताइन् ।

लिखु-२ जलविद्युत आयोजनाले नियम अनुसार १० प्रतिशत पानी छोड्नु पर्ने भए पनि नियम विपरीत नदी नै सुकाएर जलविद्युत आयोजनाले बिद्युत् उत्पादनमा गरेको कारण लास जलाउन विगत देखि नै समस्या हुँदै आएको लिखु नदी किनारका स्थानीयले बताउने गरेका छन् ।

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper