Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘चाउचाउ र बिस्कुट बेच्नेलाई उद्योगी मान्नेले किसानलाई पनि उद्योगी मान्नु पर्छ’– मुख्यमन्त्री जम्कट्टेल

संवादाताः हाम्रो प्रहार
पुस २७, २०८०

रामेछाप- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले उद्योग वाणिज्य महासंघले चाउचाउ र बिस्कुट बेच्नेलाई मात्रै उद्योगी मान्दै आएकाले त्यसलाई त्यागेर एउटा किसानलाई पनि उद्योगी मान्नु पर्ने बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबार देखि सुरु भएको वृहत् रामेछाप महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले उद्योग वाणिज्य महासंघले अन्य मुलुकमा उत्पादन भएर नेपाल आएका बस्तु विक्री गर्ने व्यापारी र केही ठुला उद्योगीलाई मात्रै उद्योगी मानेको बताउँदै अब संघले नेपालमा रहेको एउटा किसानलाई पनि उद्योगी मान्नु पर्ने बताएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले देशमा उद्योग संचालन गर्न उद्योगका लागि चाहिने कच्चा पदार्थ उत्पादनको बारेमा छलफल चलाउन जरुरी रहेको बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले भने –‘हेटौडा कपडा उद्योग खोल्नु प¥यो भनेर हामी भन्छौँ । म व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, हेटौडा कपडा उद्योग खोल्नु भन्दा पहिला हामीलाई कपास कति चाहिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर त्यो कपासको व्यवस्था गर्नु पर्दो रहेछ अनि त्यस पछि मात्रै हामीले कपडा उद्योग खोलौँ भनेर भन्नु प¥यो । हामी उद्योग खोलेर कच्चा पदार्थ खरिद गर्न अरू देशमा जान्छौँ । त्यसैले सबै भन्दा पहिला हामीले संचालन गर्न खोजेका उद्योगलाई चाहिने कच्चा पदार्थ उत्पादनमा लाग्न जरुरी छ र त्यसको लागि बागमती प्रदेश सरकारले उद्योगलाई कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल रहेका छौँ ।’

अहिले प्रदेश सरकारले विभिन्न ठाउँमा उद्योग ग्राम खोलेर उद्योग स्थापना गर्ने गरी नीति नै बनाएको र अबको केही वर्ष पछि हाम्रै गाउँमा पाइने कच्चा पदार्थ प्रयोग गरेर हामीले उद्योगहरू संचालन गर्न सक्ने वातावरण बन्ने मुख्यमन्त्री जम्कट्टेलले दाबी गरे । प्रदेश सरकारको अगुवाइमा संचालन हुने उद्योग ग्रामहरूले गाउँका उत्पादनहरूलाई सजिलै लिन सक्ने वातावरण बन्ने पनि उनको दाबी रहेको छ ।

रामेछापमा उद्योग संचालन गर्ने काम र व्यवसाय चलाउने काम सरकार र उद्योग वाणिज्य संघको समन्वयमा हुने भएकाले जिल्लामा उद्योग स्थापनाको विषयमा रामेछापका माननीयहरू, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र स्थानीय उद्योगीहरूले जिल्लाको कुन उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने हो भन्ने विषयमा छलफल गर्न जरुरी रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई रहेको छ ।

विगतमा कृषि क्षेत्रमा लगानी गर्ने बजेट व्यक्ति केन्द्रित भएको र त्यसले राज्यको करोडौँ रकम दुरुपयोग भएको धारणा राख्दै अब बागमती प्रदेश सरकारले त्यो दुरुपयोग रोक्ने गरी काम अगाडि बढाइएको भनाई राखे ।

बागमती प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले रामेछापका स्थानीय तहहरूले पनि आफ्नो पालिका उत्पादन हुने मुख्य कृषि बालीलाई अगाडि सारेर प्रदेश सरकारसँग काम गर्न आग्रह गरेका छन् । अन्य जिल्लाको तुलनामा रामेछाप जिल्ला पूर्वाधार विकासमा पछाडि परेको कुरा आफूलाई स्मरण रहेको बताउँदै उनले जिल्लाका धेरै जसो सडकलाई प्रादेशिक सडकको रूपमा घोषणा गरेर पक्की बनाउने गरी प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता जनाए ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापामगरको अध्यक्षमा भएको ११ दिने वृहत् रामेछाप महोत्वसमको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरूले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेको थिए ।

स्थानीय उत्पादन र जिल्लाको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आयोजना गरेको वृहत् रामेछाप महोत्सव पौष २६ गतेबाट सुरु भएर माघ ७ गते सम्म चल्ने छ । 

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper