Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविलाई

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८०

रामेछाप- रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविले जितेको छ । शनिवार सम्पन्न छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण सहित ८५ पदक जित्दै प्रतियोगिताको उपाधि गौरीशंकर माविले जितेको हो ।

प्रतियोगितामा रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर माविले ३३ स्वर्ण, २७ रजत र २५ कास्य गरी ८५ पदक आफ्नो पक्षमा पार्न सफल भएको छ । त्यस्तै वडा नं ५ मा रहेको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य गरी २६ पदक जित्दै द्वितीय भएको छ भने वडा नं ८ मा रहेको भँगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कास्य गरी ४३ पदक जित्दै तृतीय भएको छ । 

नगरका १३ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा राष्ट्रिय खेल समेत रहेको पुरुष भलिबल प्रतियोगिताको स्वर्ण पदक भने जनता मावि कोलन्जोरले जितेको छ । 

प्रतियोगितामा विभिन्न खेलमा पदक जित्ने खेलाडीलाई प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ कान्छाराम, जिल्ला समन्वय समिति रामेछापको प्रमुख चिना खड्का कार्की, नगर प्रमुख लवश्री न्यौपाने, नगर उपप्रमुख बाल कुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बधाई दिँदै मेडल र प्रमाण पत्र प्रदान गर्दै पौष २१ गते देखि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपाधि जित्ने गरी तयारी गर्न आग्रह गरेका छन् । 

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, छात्र÷छात्रा रिले दौड, तेक्वान्दो, हाई जम्प, लङ जम्प, त्रीपल जम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरूमा नगरका १३ माध्यमिक विद्यालयका ६ सय ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नमराज प्रसाद बडूले बताए । बडूका अनुसार छैटौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने खेलाडीलाई छनौट गरी पौष २१ गते देखि सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि आइतबार देखि नै अभ्यासका खेलहरू खेलाइने छ । जिल्ला स्तरीय प्रतियोगितामा रामेछाप नगरपालिकाबाट मात्रै झण्डै एक सय खेलाडीले सहभागिता जनाउने पनि बडूले बताए । 

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper