रामेछाप- गोकुलगंगा गाउँपालिका अन्तर माध्यमिक तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका सबै मावि र मावि तहमा अध्ययनरत विद्यार्थी सहभागि हुने प्रतियोगिता गाउँपालिकाको वडा नं २ ठोसेमा शनिवार देखि सुरु भएको हो ।
गोकुलगंगा गाउँपालिकाको आयोजना तथा शारदा मावि ठोसेको व्यवस्थापनमा संचालन भएको प्रतियोगितामा वडा नं १ देखि वडा नं ६ सम्मका ७ माध्यमिक विद्यालयले भाग लिएका छन् ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याबलिङ थ्रो, सटफुट, भलिबल, कबड्डी लगायतका छात्र छात्रा तर्फका खेलहरु हुने गोकुलगंगा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र सिंह भण्डारीले बताए ।
प्रतियोगिताको उद्घान गर्दै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले खेलकुदको विकासले समग्र गाउँपालिकाको विकासलाई थप सहयोग पु¥याउने बताउँदै खेलकुदलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकाका सबै वडालाई खेलकुदको क्षेत्रमा समानुपातिक विकासमा सहयोग पु¥याउन अघिल्लो वर्ष देखि वडा नं १ बाट सुरु गरिएको प्रतियोगिता यो वर्ष वडा नं २ मा संचालन गर्दा वडा नं २ लाई धेरै फाइदा पुगेको बताए । खेलकुदले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने भएकाले प्रतियोगितामा सहभागी खेलाडीलाई आफ्नो अनुशासनलाई पुर्ण पालना गरेर खेल्न अनुरोध गरे ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्न सहयोग पु¥याउने र स्वस्थ रहन समेत मद्धत पुग्ने भएकाले खेल मानिसको लागि नभइ नहुने शारीरिक ब्यायम हुने हुँदा खेललाई सबैले आफ्नो व्यवहारिक जीवनमा लागु गर्नु पर्नेमा जोड दिइन् ।
विभिन्न विधामा हुने खेलमा ७ विद्यालयका सयौँ विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्