Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीको निःशुल्क आँखा शिविरमा २ सय बढीले लिए सेवा

संवादाताः रामचन्द्र वि.क.
मंसिर ७, २०८०

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय बढीले सेवा लिएका छन् । लिखुतामाकोशी गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं ६ खिम्तीमा संचालन भएको शिविरमा २ सय ७ जनाले सेवा लिएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा बुधवार संचालन गरिएको शिविरमा विशेषज्ञ टोलीले आँखा जाँच गर्ने क्रममा १६ जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । अन्य १ सय ९१ जनालाई आँखामा देखिएको विभिन्न समस्या समाधानको लागि चिकित्सकले परामर्श दिनुको साथै आवश्यक औषधि समेत उपलब्ध गराइएको अध्यक्ष महतले बताए । 

गाउँपालिकाका आम नागरिकको आँखा बचाउ अभियानमा गाउँपालिका लागेको बताउँदै अध्यक्ष महतले भने– ‘संसार देख्ने आँखा जस्तो संवेदनशील अङ्गलाई हामीले स्वस्थ नराख्ने हो भने पृथ्वीमा भएका कुनै बस्तुलाई हामीले देख्न सक्दैनौँ र हाम्रो जीवन चलाउन पनि समस्या हुन्छ । त्यस कारण पनि विभिन्न स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा गाउँपालिकाले अघिल्लो वर्ष देखि नै निःशुल्क आँखा शिविर संचालन गरेर लिखुतामाकोशी गाउँपालिकावासीको आँखा बचाउने अभियानमा लागेका हौँ । यसलाई निरन्तरता दिन्छौँ । बाँकी रहेका वडाहरूमा पनि आवश्यकताको आधारमा थप शिविर संचालन गर्ने तयारीमा हामी लागेका छौँ । आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको केन्द्रमा आँखा बचाउ अभियान अन्तरगत आँखा केन्द्र स्थापना गरेर अभियान सुरु गरिएको हो । यसमा सबैले साथ दिन जरुरी छ ।’

शिविरमा आएका बिरामी मध्ये शल्यक्रिया गर्नु पर्ने बिरामीको शल्यक्रिया कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष महतले बताए । गाउँपालिकाको केन्द्रमा रहेको आँखा केन्द्रमा आएर आफ्नो आँखाको परिक्षण गर्न खाँखाका बिरामीहरूलाई अध्यक्ष महतले आग्रह गरेका छन् । 

शिविरमा सहभागी भएर सेवा लिएका सेवाग्राहीले आँखाको अस्पताल सम्म जान नसक्ने आफूहरू जस्ता बिरामीको आँखाको जाँच गर्ने व्यवस्था आफ्नै गाउँमा मिलाउने गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै नदेख्ने आँखालाई देख्ने बनाउने र आँखा बचाउ अभियान राम्रो रहेको प्रतिक्रिया दिएका छन् । 

यस अघि पनि गाउँपालिकाले नै आयोजना गरेको निःशुल्क आँखा शिविरमा ९ जना बढीले सेवा लिएका थिए भने ४१ जनाको शल्यक्रिया गरिएको थियो ।

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper