Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनकोशी अस्पताल खुर्कोटमा दाँतको उपचार गर्न अत्याधुनिक मेसिन ओपीजी भित्रियो, १ हजारमा एक्सरे

संवादाताः रामचन्द्र वि.क.
कार्तिक २३, २०८०

खुर्कोट- सिन्धुलीको खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटले दाँत उपाचरको लागि अत्याधुनिक मेसिन सहित दन्त सेवा पनि सुरु गरेको छ । समुदायद्वारा स्थापित अस्पतालले सिन्धुली सहित रामेछाप, ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु, तराइका केही जिल्ला लगायत आसपासका विभिन्न जिल्लाका सेवाग्राहीलाई लक्षित गरी विशेष एक्स-रे मेसिन ओपीजी (मुखभित्रका सबै दाँतको अवस्था देखाउन सक्ने) सहित बिहीबार देखि दन्त सेवा सुरु गरेको हो ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौँ आरआइडी–३२९२ ले झण्डै ६० लाख बराबरको उपकरणहरू उपलब्ध गराएपछि खुर्कोटमै दाँतको सबै उपचार हुने गरी दन्त सेवा सुरु भएको हो । बिहीबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुले सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर धोजुले नेपालका ग्रामीण क्षेत्रलाई लक्षित गरी खुर्कोटमा स्थापना गरिएको अत्याधुनिक उपकरण सहितको दन्त सेवाले धेरैलाई सहयोग पु¥याउनेमा आफू विश्वस्तता रहेको धारणा राखे । उनले रोटरी क्लबले उपलब्ध गराएको अत्याधुनिक मेसिन सहितको सेवालाई सही सदुपयोग भएमा आफूहरूले थप सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

दन्त सेवा स्थापना कार्यक्रममा बोल्दै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले दन्त सेवा स्थापनामा सहयोग पु¥याउने रोटरी क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा दन्त सेवालाई सञ्चालनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रोटरी क्लब अफ रुद्रमती काठमाण्डौको २०२०–२१ का अध्यक्ष सुदिप कोइरालाको पहलमा सिन्धुलीको खुर्कोटमा अत्याधुनिक उपकरण सहितको दन्त सेवा सुरु गर्न सफल भएको सुनकोशी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए ।

दाँत उपचारको लागि काठमाण्डौका महँगा अस्पतालमा जानु पर्ने बाध्यतालाई हटाउनको लागि र गाउँमै गुणस्तरीय दन्त सेवा दिनको लागि रोटरी क्लबको सहयोगमा दन्त सेवा सुरु गरिएको सुनकोशी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए । काठमाण्डौमा पुरै दाँतको एक्स-रे गर्दा झण्डै ४ हजार पैसा तिर्नु पर्ने एक्स-रे खुर्कोटमै एक हजारमा हुने पनि अध्यक्ष देवकोटाले बताए ।

विशेष एक्स-रे ओपीजी मेसिन मार्फत एक पटकमा सबै दाँतको एक्स-रे गर्न सकिने भएको हुँदा दाँतमा भएका सबै समस्या पत्ता लाग्ने र उपचार गर्न सहज हुने सुनकोशी सामुदायिक अस्पतालको दन्त सेवामा कार्यरत डेन्टल सर्जन कृशला कुमारी चौधरीले बताइन् । उनका अनुसार खुर्कोट दन्त सेवाबाट दाँत फुकाल्ने, दाँत सफा गर्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने लगायतका सेवा प्रवाह हुने छन् ।

बिहीबार उद्घाटनको अवसर पारेर अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९ जनाले दाँत फुकालेका थिए भने ४१ जनाले सुगर र प्रेसरको जाँच गराएका थिए ।

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper