Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनकोशी अस्पताल खुर्कोटमा दाँतको उपचार गर्न अत्याधुनिक मेसिन ओपीजी भित्रियो, १ हजारमा एक्सरे

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०८० कार्तिक २३

खुर्कोट- सिन्धुलीको खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटले दाँत उपाचरको लागि अत्याधुनिक मेसिन सहित दन्त सेवा पनि सुरु गरेको छ । समुदायद्वारा स्थापित अस्पतालले सिन्धुली सहित रामेछाप, ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु, तराइका केही जिल्ला लगायत आसपासका विभिन्न जिल्लाका सेवाग्राहीलाई लक्षित गरी विशेष एक्स-रे मेसिन ओपीजी (मुखभित्रका सबै दाँतको अवस्था देखाउन सक्ने) सहित बिहीबार देखि दन्त सेवा सुरु गरेको हो ।

रोटरी क्लब अफ रुद्रमती काठमाडौँ आरआइडी–३२९२ ले झण्डै ६० लाख बराबरको उपकरणहरू उपलब्ध गराएपछि खुर्कोटमै दाँतको सबै उपचार हुने गरी दन्त सेवा सुरु भएको हो । बिहीबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुले सेवाको उद्घाटन गरेका हुन् ।

हाम्रो प्रहार डटकम

उद्घाटन कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर धोजुले नेपालका ग्रामीण क्षेत्रलाई लक्षित गरी खुर्कोटमा स्थापना गरिएको अत्याधुनिक उपकरण सहितको दन्त सेवाले धेरैलाई सहयोग पु¥याउनेमा आफू विश्वस्तता रहेको धारणा राखे । उनले रोटरी क्लबले उपलब्ध गराएको अत्याधुनिक मेसिन सहितको सेवालाई सही सदुपयोग भएमा आफूहरूले थप सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

दन्त सेवा स्थापना कार्यक्रममा बोल्दै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले दन्त सेवा स्थापनामा सहयोग पु¥याउने रोटरी क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा दन्त सेवालाई सञ्चालनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रोटरी क्लब अफ रुद्रमती काठमाण्डौको २०२०–२१ का अध्यक्ष सुदिप कोइरालाको पहलमा सिन्धुलीको खुर्कोटमा अत्याधुनिक उपकरण सहितको दन्त सेवा सुरु गर्न सफल भएको सुनकोशी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए ।

दाँत उपचारको लागि काठमाण्डौका महँगा अस्पतालमा जानु पर्ने बाध्यतालाई हटाउनको लागि र गाउँमै गुणस्तरीय दन्त सेवा दिनको लागि रोटरी क्लबको सहयोगमा दन्त सेवा सुरु गरिएको सुनकोशी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए । काठमाण्डौमा पुरै दाँतको एक्स-रे गर्दा झण्डै ४ हजार पैसा तिर्नु पर्ने एक्स-रे खुर्कोटमै एक हजारमा हुने पनि अध्यक्ष देवकोटाले बताए ।

विशेष एक्स-रे ओपीजी मेसिन मार्फत एक पटकमा सबै दाँतको एक्स-रे गर्न सकिने भएको हुँदा दाँतमा भएका सबै समस्या पत्ता लाग्ने र उपचार गर्न सहज हुने सुनकोशी सामुदायिक अस्पतालको दन्त सेवामा कार्यरत डेन्टल सर्जन कृशला कुमारी चौधरीले बताइन् । उनका अनुसार खुर्कोट दन्त सेवाबाट दाँत फुकाल्ने, दाँत सफा गर्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने लगायतका सेवा प्रवाह हुने छन् ।

बिहीबार उद्घाटनको अवसर पारेर अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९ जनाले दाँत फुकालेका थिए भने ४१ जनाले सुगर र प्रेसरको जाँच गराएका थिए ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper