Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सहकारीले हाइड्रोपावरमा लगानी गर्नु पर्छ– प्रतिनिधि सभा सदस्य कान्छाराम

संवादाताः हाम्रो प्रहार
कार्तिक १९, २०८०

रामेछाप- प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ कान्छारामले सहकारीले हाइड्रोपावरमा लगानी गर्नु पर्ने बताएका छन् । शनिवार रामेछाप जिल्ला सहकारी संघको छैठौँ साधारणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले सहकारीले गरेको लगानी उत्पादनमूलक क्षेत्रमा भन्दा पनि अन्य क्षेत्रमा बढी लगानी भएको बताउँदै देशको आर्थिक समृद्धिको लागि भए पनि सहकारीले उत्पादन दिने क्षेत्र हाइड्रोपावरमा लगानी गर्नु पर्ने बताएका हुन् । संसद्को अर्थ समितिको सदस्य समेत रहेका तामाङले रामेछापका सहकारीलाई लक्षित गर्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा आफ्नो लगानी लगाउनु पर्नेमा जोड दिँदै भने– ‘अहिले सहकारीहरूले आफूसँग भएको पैसा बैँकमा राख्ने गर्छन्, सक्नु हुन्छ भने तपाइहरू त्यो पैसा बैँकमा नराख्नुस् । बरु रामेछापमा खोलिएका नयाँ हाइड्रोपावरमा सबै सहकारीले एक मुष्टमा लगानी गर्न पायो भने त्यसले केही उपलब्धि हुन्छ जस्तो मलाई लाग्छ । त्यस कारण, मिल्छ भने सहकारीले अहिले बढी सुरक्षित देखिएको आम्दानीको क्षेत्र मध्ये हाइड्रोपावरमा लगानी गर्नुस् ।’

प्रतिनिधि सभा सदस्य तामाङले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा रहेका सहकारीमा समस्या रहेको भए पनि रामेछाप जिल्लामा रहेका सहकारीमा धेरै समस्या नरहेको आफूले बुझेको भनाई राख्दै समस्यामा रहेका सहकारीलाई सुधार गर्न जिल्ला सहकारी संघ लाग्नु पर्नेमा जोड दिए । सहकारीमा देखिएका समस्या समाधानको विषयमा अर्थ समितिमा व्यापक छलफल भइरहेको धारणा राख्दै तामाङले त्यस्ता समस्या समाधानमा आफू प्रतिबद्ध भएर लाग्ने भनाइ राखे ।

जिल्लाले विगत लामो समय देखि मलको अभाव खेप्नु परेको समस्या किसानहरूले सहकारीमा राखेको र त्यसको समाधानमा राज्यका विभिन्न निकायले ध्यान दिनु पर्ने भन्दै कार्यक्रममा बोल्ने बक्ताले अनुरोध गरेपछि प्रतिनिधि सभा सदस्य तामाङले जिल्लाले मात्रै नभई देशले नै भोगेको मलको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू अध्ययनमा लागेको बताए । उनले देशमै मल कारखाना खोल्नु पर्ने पक्षमा आफू रहेको भए पनि तत्काल त्यो सम्भव नभएको निष्कर्षमा पुगेको जनाउँदै तत्काल देखिएको समस्या समाधानमा आफू लाग्ने धारणा राखे ।

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका पूर्णबहादुर तामाङ कान्छारामले जिल्लाको विकासमा कुनै पार्टीको प्रतिनिधिको रूपमा नभई सबैको साझा व्यक्ति भएर विकासमा लागेको दाबी गरेका छन् । उनले रामेछापलाई विकासमा अगाडि बढाउने हो भने जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र प्रतिनिधि सभाको जनप्रतिनिधि एक भएर एउटै विकास मोडलमा अगाडि बढ्नु पर्नेमा जोड दिए । जिल्लाको समग्र विकासको बाधक नै पार्टीलाई प्राथमिकतामा राखेर काम गर्ने पद्धति भएको बताउँदै सबैले त्यस्तो मानसिकतालाई त्याग्नु पर्ने उनले जोड दिए । जिल्लाको सहकारी अभियानलाई सफल बनाउन आफू प्रतिबद्ध भएर लाग्नेमा उनले जोड दिए ।

जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप जिल्ला बचत सङ्घका अध्यक्ष जग्गनाथ दाहाल, रामेछाप जिल्ला सहकारी सङ्घका पुर्व अध्यक्ष गोविन्द घिमिरे, जिल्ला कृषि सहकारी संघ रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, जुनार कृषि सहकारी संघ रामेछापका अध्यक्ष पदम तामाङ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले जिल्लाको सहकारी अभियानलाई सफल बनाउन सबै सहकारी एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सङ्घका सचिव नवीन केसीले संस्थाको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper