Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बागमतीमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास हुन्छ– मन्त्री बहादुर सिं लामा

संवादाताः हाम्रो प्रहार
अशोज २८, २०८०

रामेछाप– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले बागमती प्रदेशमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको बागमती प्रदेश स्तरीय ‘प्रथम नेविसंघ कप–२०८०’ को उद्घाटन गर्दै बागमती प्रदेशमा हुने हरेक विकाससँगै खेलकुदको विकास पनि अब देखिने गरी गर्ने प्रतिबद्धता जनाएका हुन् । 

मन्त्री लामाले विगतमा भएको धेरै टुक्रे कामले गर्दा प्रदेशबाट भएका काम नदेखिएको र प्रदेशको पहिचान समेत नभएको बताउँदै अब प्रदेशले गर्ने हरेक काम प्रदेशको पहिचान हुने गरी गर्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले खेलकुदले मानिसको शारीरिक स्वास्थ्यलाई स्वस्थ राख्न ठुलो मद्धत पु¥याउने भएकाले प्रदेश सरकारले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले बागमती प्रदेशका १३ जिल्ला मध्ये रामेछाप जिल्ला भौगोलिक रूपमा धेरै विकट रहेको बताउँदै रामेछापका ग्रामीण क्षेत्रलाई हरेक विकासमा प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएका छन् । 

प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापको विकासलाई यस अघिका प्रदेश सरकारले पहिलो प्राथमिकतामा नराखेको बताउँदै यो पटक गठबन्धनको सरकार भएको बेला ठुला आयोजनाहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । रामेछाप काँग्रेसका सभापति समेत रहेका तामाङले आफू प्रतिनिधि सभाको सदस्य भएको थोरै समयमा पनि एक अर्ब भन्दा माथि बजेट आफ्नो पहलमा जिल्ला भित्र्याएको दाबी गर्दै आगामी दिनमा केन्द्रीय सरकार, प्रदेश सरकार र विभिन्न आयोजनाहरूसँग समन्वय गरेर जिल्लाको विकास गर्न लाग्ने प्रतिबद्धता जनाए । 

नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व उपाध्यक्ष रत्न कार्की, जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, नेविसंघका केन्द्रीय सदस्य धिरोज खत्री लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । 

तीन दिन सम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरु सहभागी भएको नेविसंघ उपाध्यक्ष युवराज सुवेदीले जानकारी दिए ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper