Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा प्रथम प्रदेश स्तरीय ‘नेविसंघ कप–२०८०’ आइतबारबाट सुरु हुने 

संवादाताः हाम्रो प्रहार
अशोज २७, २०८०

रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले प्रदेश स्तरीय प्रथम नेविसंघ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर असोज आइतबार देखि प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । नेपाल विद्यार्थी संघ रामेछापले शनिवार पत्रकार सम्मेलन गरी आइतबार देखि हुने आयोजनाको सबै तयारी पुरा भएको जानकारी गराएको छ । 

विजया दशमीको शुभकामना आदान प्रदान सहित आइतबार खेलको उद्घाटन गरिने र मङ्गलवार समापन गरिने नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । १३ जिल्लाबाट खेलाडीहरू सहभागी हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा र प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गर्ने अध्यक्ष बुढाथोकीले जानकारी गराए । मङ्गलवार सम्पन्न हुने प्रतियोगिताको समापन सङ्घीय अर्थमन्त्री प्रकाशशरण महतले गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुने टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले नगद १ लाख र सान्त्वना हुने टिमले ५० हजार नगद पुरस्कार पाउने छन् । प्रथम, द्वितीय र तृतीय हुने टिमले नगद पुरस्कार साथमा  शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले जानकारी गराए । खेलमा सहभागी हुने खेलाडी तथा टिमलाई बस्ने व्यवस्था पनि आयोजकले नै गर्ने उनले बताए ।

विद्यार्थीको साथीको रूपमा स्थापित नेपाल विद्यार्थी सङ्घले जिल्लाको खेलकुद विकासमा टेवा पु¥याउनुको साथै विद्यार्थीहरूलाई खेलकुदमा प्रेरित गर्ने मुख्य उद्देश्यका साथ खेल आयोजना गर्न लागिएको अध्यक्ष बुढाथोकीले बताए । नेपाल विद्यार्थी संघ रामेछापले यस अघि यति ठुलो धनराशि प्रथम पुरस्कार दुई लाख भएको प्रतियोगिताको आयोजना नगरेको र यो नै पहिलो प्रतियोगिता भएको अध्यक्ष बुढाथोकीले बताए । 

प्रथम पुरस्कार नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि गेल्जे शेर्पा, द्वितीय पुरस्कार खाँडादेवी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष एवं काँग्रेस नेता नारायण कार्की, तृतीय पुरस्कार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र सान्त्वना पुरस्कार प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले प्रायोजन गर्ने नेविसंघले बताएको छ । 

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper