Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली बचतको २६ वर्षे यात्राः १ अर्ब १४ करोड बढीको कारोबार, एक वर्षको नाफा ५८ लाख

संवादाताः रामचन्द्र वि.क.
अशोज २७, २०८०

रामेछाप– २६ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न २६ औँ साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २६ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।

संस्थाका कोषाध्यक्ष टीका प्रसाद भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नाफा उल्लेख छ । त्यसै गरी कोषाध्यक्ष भट्टले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय रुपैयाँ, बचत संकलन ९१ करोड ७३ लाख ३९ हजार १ सय ४७ रुपैयाँ र ऋण लगानी ७१ करोड ३५ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ उल्लेख छ ।

साधारण सभाका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले सहकारीलाई संस्थागत विकासमा बढी जोड दिनु पर्ने बताउँदै जिल्लामा रहेका सबै सहकारीले बचतकर्ताको भावनालाई बुझेर आफ्नो कारोबार गर्नु पर्ने बताइन् । प्रमुख खड्का कार्कीले मन्थली बचतलाई थप अब्बल बनाउन सञ्चालक समिति र शेयर सदस्यहरू इमानदार भएर लाग्नु पर्नेमा जोड दिइन् । जिल्लामा रहेका सहकारी संस्थाको संस्थागत विकासमा सरोकारवाला निकायहरू सबै एक भएर लाग्नु पर्ने बताउँदै प्रमुख खड्का कार्कीले जिल्ला समन्वय समितिको प्रमुखको हैसियतले गर्ने सहयोग गर्न आफू प्रतिबद्ध भएको बताइन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ र रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले सहकारीलाई जनतामैत्री बनाउन नीतिगत रूपमै सहयोग गर्दै आएको बताउँदै आफ्नो स्थानीय तह भित्र रहेका सहकारीलाई शेयर सदस्यहरूको जीवीको पार्जनमा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सहकारीको काम बचत उठाउने र ऋण लगानी गर्ने मात्रै नभएकाले जिल्लामा सञ्चालित सबै सहकारीलाई बढी जसो लगानी उत्पादन मूलक क्षेत्रमा लगाउन उनिहरुले जोड दिए ।

मन्थली बचतका अध्यक्ष गोविन्द घिमिरेले मन्थली बचत स्थापना गर्दा नै बचत उठाउने र ऋण प्रवाह गर्ने मात्रै नभएर सामाजिक सेवाको समेत भावना राखेर स्थापना गरिएकाले सहकारी मार्फत धेरै सामाजिक कामहरू भएको बताउँदै आगामी दिनमा सहकारीले थप सामाजिक कामहरू गर्दै जाने धारणा राखे । उनले मन्थली बचतले तामाकोसी सेवा समिति र तामाकोसी अस्पताल मार्फत सहकारीका शेयर सदस्यहरूको सामाजिक काम र स्वास्थ्य सेवाका धेरै काम गरिरहेको अध्यक्ष घिमिरेले बताएका छन् ।

जिल्ला भरी कार्यक्षेत्र भएको मन्थली बचतले कुल सात क्षेत्रका ६६ ठाउँमा पुगेर त्यहाँका शेयर सदस्यहरूलाई सहभागी गराएर साधारण सभा गर्दै शनिवार मन्थलीमा सम्पन्न गरिएको संस्थाका सचिव हिमाल ढुङ्गेलले बताए ।

कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदी, जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) गरी ८० जना शेयर सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको थियो । त्यस्तै संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी टिकाराम श्रेष्ठ र सहकारी अभियानलाई सञ्चार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे बापत पत्रकार युवराज श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले संस्थाको २५ वर्षे यात्रा, सचिव हिमाल ढुङ्गेलले संस्थाको गत वर्षको क्रियाकलाप र आगामी वर्ष गरिने कार्यक्रम, कोषाध्यक्ष टीका प्रसाद भट्टले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper