Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीमा चाडपर्व लक्षित बजार अनुगमन, अस्वाभाविक मूल्य वृद्धि गरे कारबाही हुने

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८०

रामेछाप– लिखुतामाकोशी गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन भएको छ । पालिकाको मुख्य मुख्य बजार केन्द्रका बजारमा खाद्यवस्तु, कपडा लगायतका सामाग्रीमा कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन सक्ने र म्याद गुज्रेका सामाग्री विक्री वितरण हुन सक्ने तर्फ ध्यान दिँदै गाउँपालिकाले बजार अनुगमन गरेको हो । 

गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि समेतको उपस्थितिमा मङ्गलवार र बुधवार दुई दिन बजार अनुगमन भएको गाउँपालिकाले बताएको छ । लिखुतामाकोशी गाउँपालिकाको धोबी, तिल्पुङ, खिम्ती, हलेदे, सिरिशे, ढाडे, रातमामा लगायतका स्थानमा रहेका बजारमा अनुगमन गरिएको गाउँपालिका अध्यक्ष केशव महतले बताए । 

दसैँको समयमा व्यापारीहरूले विभिन्न बहानामा आवश्यक बस्तुहरूको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि गर्न सक्ने र चाडपर्वको मौका छोपेर म्याद गुज्रेका सामाग्री समेत विक्री गर्न सक्ने भएकाले त्यसको नियन्त्रणको लागि बजार अनुगमन गरिएको गाउँपालिका अध्यक्ष महतले बताए । महतका अनुसार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका सामाग्रीलाई नष्ट गरिएको र यस अघि पनि पटक पटक म्याद गुज्रेका सामाग्री भेटिएका पसललाई जरिवाना गरिएको छ । 

बजार अनुगमनका क्रममा सबै पसलमा उपभोक्ताले प्रस्टसँग देख्ने ठाउँमा मूल्य सूची राख्न, म्याद गुज्रेका सामाग्रीलाई नष्ट गर्न वा फिर्ता पठाउन र दर्ता नगरी संचालन गरिएका पसललाई सम्बन्धित निकायमा गएर दर्ता गर्न अनुरोध गरिएको अध्यक्ष महतले बताए । 

अनुगमनका क्रममा देखिएका गल्तीहरूलाई पुनः नदोहोर्‍याउन र आफ्नो व्यवसाय संचालन गर्दा पूरा गन गर्नु सर्तहरू पूर्ण रूपमा पालना गरेर मात्रै पसल तथा व्यवसाय संचालन गर्न सुझाव समेत दिइएको अध्यक्ष महतले बताए । 

हाम्रो प्रहार डटकमसँग कुरा गर्दै अध्यक्ष महतले दसैँको मौका छोपेर कुनै पनि व्यापारी एवं व्यवसायीले अस्वाभाविक मूल्यमा सामाग्री बेचेको पाइएमा गाउँपालिका वा सम्बन्धित निकायहरूलाई खबर गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । दसैँको बेला अस्वाभाविक मूल्य वृद्धि गरेर कसैले सामाग्री विक्री वितरण गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने पनि अध्यक्ष महतले बताए ।

गाउँपालिका अध्यक्ष महतको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष  दिपा पाख्रिन, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि लक्ष्मण भुजेल, घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रतिनिधि लगायतको सहभागिता रहेका थियो ।

दुई दिनको अनुगमनमा लिखुतामाकोशी गाउँपालिका भित्र सञ्चालनमा रहेका झन्डै ३ सय पसल तथा व्यवसायको अनुगमन गरिएको गाउँपालिकाले बताएको छ । 

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper