Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गर्नै नसक्ने मूल्यमा ठेक्का लिँदा निर्माण व्यवसायीको छवि र घरबार दुवै बिग्रन्छ– अध्यक्ष सिंह

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०८० आश्विन १४

रामेछाप- नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्नै नसक्ने मूल्यमा ठेक्का लिँदा निर्माण व्यवसायीको छवि र घरबार दुवै बिग्रने बताएका छन् । शनिवार रामेछाप निर्माण व्यवसायी सङ्घको १४औँ वार्षिक साधारण सभामा बोल्दै केन्द्रीय अध्यक्ष सिंहले निर्माण व्यवसायीहरूले काम नगरी बस्दा केही समस्या नआउने तर, अति घटी मूल्यमा काम जिम्मा लिएर गर्न नसक्दा व्यवसायीहरूको छवि र घरबार दुवै बिग्रने बताएका हुन् । उनले अहिले थोरै काम भएको र अत्यधिक प्रतिस्पर्धा हुने हुँदा पनि त्यस्तो समस्या आउने भएकाले काम गर्ने व्यवसायीहरूले धेरै पटक सोचेर मात्रै काम गर्नु पर्ने बेला आएको बताए ।

सिंहले निर्माण कार्य समयमै सम्पन्न हुन नसक्नुको कारण निर्माण व्यवसायी मात्रै हैन रहेछ भन्ने कुरामा आम जनमानस र सरकार प्रस्ट भएको बताए । समयमै काम सम्पन्न नहुनुमा बजेट अभाव, समयमै म्याद थप नहुनु, सरकारकै ऐन तथा कानूकी जटिलता लगायतका कारणहरू रहेको अध्यक्ष सिंहले बताए । उनले यस्ता समस्या समाधानको लागि भर्खरै सम्पन्न निर्माण व्यवसायीको आन्दोलनले ठुलो काम गर्ने अपेक्षा रहेको बताए । सरकारसँग पर्याप्त बजेट नहुँदा नहुँदै ठुला आयोजना अगाडि बढाउने र त्यस्ता आयोजनाको जिम्मा लिने निर्माण व्यवसायीले सबै प्रक्रिया नबुझ्दा ठुलो समस्या आएको बताउँदै त्यसको समाधानको लागि पनि नेपाल निर्माण व्यवसायी महासङ्घले पहल गरिरहेको उनले बताएका छन् ।

हाम्रो प्रहार डटकम

सरकारले अहिले बनाउन लागेको विभिन्न ऐनहहरु पुर्वधारमैत्री र निर्माण उद्योगमैत्री बनाउनको लागि नेपाल निर्माण व्यवसायी महासङ्घले पहल गरिरहेको पनि अध्यक्ष सिंहले बताए । मुलुकमा भने जति राजस्व नउठेको कारण निर्माणको क्षेत्र खुम्चिएको अवस्थामा रहेकाले सरकारले ल्याएको पाँच अर्बको सिलिङलाई घटाएर कार्यान्वयन गर्नु पर्ने माग महासङ्घले राखेको पनि उनले बताए ।

व्यवसायीहरूले आफ्नो कामलाई चुस्त दुरुस्त राख्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरू लिन आम निर्माण व्यवसायीलाई अनुरोध गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घले पनि तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

उनले रामेछाप जिल्ला निर्माण व्यवसायी सङ्घको कार्यालयलाई थप व्यवस्थित बनाउन आग्रह गर्दै अर्को ठाउँमा कार्यालय बनाउनु परेमा केन्द्रीय कार्य समितिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रामेछाप निर्माण व्यवसायी सङ्घका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रका पदाधिकारी, बागमती प्रदेशका अध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper