



काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधरा ५ झापामा उत्पादित स्वदेशी उत्पादनहरु काठमाडौं शहरमा पनि बजार बिस्तार सुरु गरेको छ । स्वदेशमा उत्पादन गरेका फरक–फरक स्वादका पिय पदार्थले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ । अहिले बजारमा निम्बु फ्रेस , सिकन्जी मसला, पिच मस्ति, कलास सोडा लगायतका उत्पादन बिक्रि गरिरहेको कम्पनीले बताएको छ । लामो समयको अध्यन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने उदेश्यले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रायले यो ब्रान्ड बजारमा ल्याएको बागमतीका रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले बताएका छन ।



नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने अभिप्रायले उत्पादन सुरु गरेको बताएको छ । ग्राहकहरुको स्वास्थ्यलाई समेत फाइदा हुने बताएको छ । उत्पादनहरु २५० मिलिलिटर र ५०० मिलिलिटरको साइजमा पाइने बताएको छ । सेल्स मेनेजर भुजेलले केही दिन देखी काठमाडौ बजारमा पनि बिक्रीवितरण गरिरहेको बताउँदै प्रयोगकर्ताको असाध्यै राम्रै प्रतिक्रिया आएको प्रतिक्रिया दिए ।





आफ्नो प्रतिकृया दिनुहोस्