Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

संसद्मा पेस हुन लागेको नयाँ शिक्षा ऐन विरुद्ध शिक्षक आन्दोलनमा

संवादाताः हाम्रो प्रहार
साउन २०, २०८०

रामेछाप- मन्त्री परिषदबाट स्वीकृत भएर संसदमा लैजाने तयारीमा रहेको शिक्षा ऐन २०८० विरुद्ध २०७५ साल चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ आउन लागेको शिक्षा ऐनमा २०७५ चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरुलाई योगदानका आधारमा पेन्सन दिने नीति लगायका बिषयहरु ल्याएको भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षा ऐन २०२८ अनुसार नियुक्त भएका सबै शिक्षकहरुको निवृत्ति भरण (पेन्सन)को दायित्व नेपाल सरकारेले लिएको तर जारी हुन लागको शिक्षा ऐनमा योगदाको आधार पेसन्न दिने नीति आउन लागेपछि पुरानै शिक्षा ऐन अनुसार पेन्सन पाउन पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
२०७५ साल चैत्रपछि स्थायी भएका रामेछाप जिल्लाका शिक्षकहरुको अन्तरक्रिया तथा भेलाले जिल्ला संघर्ष समन्वय समिति समेत गठन गरेको छ । शनिवार सम्पन्न भेलाले स्थायी शिक्षक भिम नेपालीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला संघर्ष समन्वय समिति गठन गरेको हो ।

भेलाले पालिका स्तरीय संघर्ष समन्वय समितिका संयोजकहरु समेत तेकेको छ । जसमा देविका पौडेल मन्थली नगरपालिका, सन्तोष कार्की खाँडादेवी गाउँपालिका, बिक्रम विशुङ्खे सुनापती गाउँपालिका, प्रेमबहादुर थापामागर दोरम्बा शैलुङ गाउँपालिका, स्वतन्त्र मोक्तान लिखु तामाकोसी गाउँपालिका, जितबहादुर तामाङ गोकुलगंगा गाउँपालिका र सरिता आचार्यलाई उमाकुण्ड गाउँपालिको संघर्ष समन्वय समितिको संयोजक तोकिएको छ । पालिका संघर्ष समितिका संयोजक र जिल्ला सबै शिक्षकहरु संघर्ष समन्वय समितिका सदस्य हुनेछन् ।
नेपाल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकर ढुङ्गेलको प्रमख आतिथ्यतामा सम्पन्न भएको भेलाका अतिथिहरुमा एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप अध्यक्ष चक्रलाल श्रेष्ठ, नेपाल शिक्षक संघका उपाध्यक्ष लक्ष्मी बुढथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष केशर श्रेष्ठ लगायत रहेका थिए । भेला तथा अन्तक्रिया कार्यक्रममा २०७५ चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकको उपस्थिति रहेको थियो ।

भेलाले शिक्षा ऐन २०२८ अनुसार नियुक्ति भएका सबै शिक्षकहरुको निवृत्ति भरण (पेन्सन)को दायित्व नेपाल सरकारले लिएको तर जारी हुन लागको शिक्षा ऐनमा योगदाको आधार पेसन्न भन्ने आएकाले पुरानै पेन्सन पाउनको लागि राज्यसँग जोदार माग गरिएको संघर्ष समितिका संयोजक भिम नेपालीले जानकारी दिए । त्यसैगरी भेलाको अनुरोध अनुसार नेपाल शिक्षक महासंघ रामेछापले विज्ञप्ति प्रकाशित गरी केन्द्रमा जानकारी गराउने निर्णय भएको पनि नेपालीले बताए । त्यसैगरी माग पूरा गराउनका लागि आफूहरु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको नेपालीको भनाइ छ ।

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper