Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरको नीति तथा कार्यक्रम: आर्थिक विकासमा जोड, कृषि एम्बुलेन्स संचालन

कुमार श्रेष्ठ संवादाताः कुमार श्रेष्ठ
२०८० असार १२

रामेछाप– रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा आर्थिक विकासलाई प्राथमिकतामा जोड दिएको छ । आइतबार सम्पन्न १३ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि नगरको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख लवश्री न्यौपानेले बताएका छन् । 

नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्नका लागि कृषि उपजहरू उत्पादित स्थानबाट सहुलियत दरमा ओसार पसार गर्न कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने, आकस्मिक वाली संरक्षण, कपास खेती प्रवर्द्धन एवम् किसान सूचीकरण, दन्ते ओखर तथा हाडे बदामको बिरुवा वितरण, पशुधन सुरक्षाका लागि व्यावसायिक फर्ममा रहेका पशुहरूको निःशुल्क बिमा, अगुवा कृषकहरूलाई पशुपालन सम्बन्धी तालिम लगायतका कार्यक्रमहरूलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको छ । 

हाम्रो प्रहार डटकम

त्यस्तै सामाजिक विकास तर्फ ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा सम्मान, महिला प्रजनन स्वास्थ्य परीक्षण तथा सुत्केरी घरभेट कोसेली प्रोत्साहन, सुत्केरी महिलाहरूका लागि पोषण कार्यक्रम, प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रम समेटिएका छन् । 

त्यसै गरी शिक्षा तर्फ नगर क्षेत्रमा रहेको स्नातक चिकित्सक, इन्जिनियर एवम् कृषि र पशु विकास क्षेत्रको विज्ञको अभावलाई परिपूर्ति गर्न सम्बन्धित विषयको स्नातक अध्ययन गर्न १÷१ जनालाई छात्रवृत्ति कार्यक्रम, विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ता पारिश्रमिक अनुदान, बाल कक्षा तर्फका कर्मचारी पारिश्रमिक अनुदान, शिक्षकलाई सूचना प्रविधि लगायतका क्षमता विकास तालिम र विद्यालय सुदृढीकरण कार्यक्रममा बढी जोड दिइएको छ । 

त्यस्तै महिला तथा वालवलिका तर्फ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा तयारीका कार्यक्रमहरू, महिला हिंसा न्यूनीकरण, घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी र जनचेतनामूलक अभियान सञ्चालन, महिला पुरुष समविकास तालिम, सामाजिक विभेद न्यूनीकरण लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

।

त्यस्तै नगरलाई सुशासनमैत्री नगर बनाउनको लागि सुशासन तथा संस्थागत विकास तर्फ चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री कार्यालय सञ्चालन, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम, प्रयोगमा रहेका सूचना प्रणालीहरूको मर्मत सम्भार, वडा कार्यालय, स्वास्थ्य चौकी, सार्वजनिक विद्यालयहरूमा इन्टरनेट व्यवस्थापनमा सहयोग, सार्वजनिक सुनवाइ, सार्वजनिक परीक्षण, न्यायिक समिति व्यवस्थापन र क्षमता अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तह बिच समन्वय र सहकार्यमा सहयोग पुर्‍याउने कार्यक्रमहरू सञ्चालन गर्ने योजना नगरले ल्याएको छ । 

नगरको दिगो पूर्वाधार विकासको लागि पूर्वाधार तर्फ संघ, प्रदेश र सडक बोर्डसँग साझेदारी गरेर पूर्वाधार विकासलाई दी रूपमा अगाडि बढाउने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नगरको कुल बजेट ७३ करोड ५८ लाख बढी

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७३ करोड ५८ लाख बढीको बजेट ल्याएको छ । नगर उपप्रमुख बाल कुमारी कार्की (थापा) ले आगामी आर्थिक वर्षको लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसा बराबरको बजेट प्रस्तुत गरेकी छिन् । 

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो । नगर सभा सम्पन्न पश्चात् रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकार सम्मेलन गरेर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको नीति तथा कार्यक्रमको संक्षेप र कुल बजेट सार्वजनिक गरेका थिए । 

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper