Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नयाँ गोरख गण रामेछापले विद्यालयमै पुगरे गर्‍यो विद्यार्थीको स्वास्थ्य परीक्षण

संवादाताः हाम्रो प्रहार
असार ७, २०८०

रामेछाप– नयाँ गोरख गण रामेछापले ‘एक इकाई एक विद्यालय सहयोग’ कार्यक्रम मार्फत रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित मुगानमा रहेको सिद्धेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा विद्यालय परिसरमा वृक्षारोपण गरेको छ । नेपाली सेनाको मध्ये पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी प्रेमध्वज अधिकारीको परिकल्पनामा तयार भएको ‘एक इकाई एक विद्यालय सहयोग’ कार्यक्रमबाट जीर्ण अवस्थामा रहेका तथा श्रोत साधनबाट विपन्न अवस्थामा रहेका सरकारी/सामुदायिक विद्यालयलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो । 

नयाँ गोरख गण रामेछापको क्षेत्र भित्र पर्ने विपन्न वर्गका सन्तति अध्ययन गर्ने, भौतिक रूपले जीर्ण अवस्थामा रहेको र श्रोत साधनको कमी रहेको रामेछाप नगरपालिका वडा नं ७ स्थित मुगानमा सिद्धेश्वर आधारभुत विद्यालयलाई छनौट गरी शैक्षिक सत्र २०८० साल वैशाख महिना देखि २०८० चैत्र महिनासम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना अनुरूप उक्त विद्यालयमा कार्यक्रम सुरु गरिएको नयाँ गोरख गण रामेछापका गणपति दीपक टण्डन क्षेत्रीले बताए ।

गणपति क्षेत्रीका अनुसार गएको वैशाखमा विद्यालय खेलकुदका सामाग्री वितरण,  ज्येष्ठमा विद्यालय परिसरमा वृक्षारोपण तथा विद्यालयको मुलगेट लगायत कक्षाकोठाको भित्तामा विद्यार्थीरुको पठनपाठनमा सहजताको लागि पाठ्य सामाग्री तथा ज्ञानवर्धक विषय समेटिने कार्टुनी चित्र भित्ते लेखन र असारमा शैक्षिक सामाग्री वितरण, विद्यालयको  परिसरमा वृक्षारोपण, २७ विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ ।

नयाँ गोरख गण रामेछापले यस अघि पनि गण आसपासमा रहेका सामुदायिक विद्यालय परिसर तथा कक्षा कोठाको भित्तामा विद्यार्थीरुको पठनपाठनमा सहजताको लागि पाठ्य सामाग्री तथा ज्ञानवर्धक विषय समेटिने कार्टुनी चित्र तथा भित्ते लेखन कार्य गर्दै आएको छ । 

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper