Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुकाजोरमा किसानको आवश्यकता अनुसार निःशुल्क मल

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०८० असार ७

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले आफ्नो वडा भित्र रहेका किसानको आवश्यकता अनुसार रासायनिक मल वितरण गरेको छ । वडामा रहेका झण्डै ९ सय किसानहरूले खेती गरेको जमिनलाई मुख्य आधार बनाएर आवश्यकता अनुसार रासायनिक मल वितरण गरेको हो ।

वडा कार्यालयबाट किसानको परिचय पत्र लिएका किसानलाई खेती गरेको आधारमा दश देखि पचास केजी सम्म रासायनिक मल निःशुल्क वितरण गरिएको वडाध्यक्ष समिर कार्कीले बताए । वडाध्यक्ष कार्कीले भने–‘यो चालु आर्थिक वर्षमा किसानलाई मलको अभाव हुन नदिन किसानहरूको घर–टोलमै पुगेर कति रोपनी जग्गामा खेती गरेको छ ?, त्यसको तथ्याङ्क लिएर कति मल चाहिएको हो र किसान स्वयमलाई समेत सोधेर किसानकै आवश्यकता अनुसार सबैलाई मल वितरण गर्‍यौँ । अहिले मकै खेतीको सिजन भएकाले मकै खेतीलाई लक्षित गरी टोल टोलमै मल पुर्‍याएर किसानलाई मल वितरण गरेका हौँ । किसानलाई दिइएको मल खेर जान नदिन र दुरुपयोग नहोस् भनेर एक किसानलाई मल दिनको लागि अन्य किसानलाई साक्षी राखेर मल दिएका छौँ । यसले गर्दा पनि वडाको अनुदानमा निःशुल्क दिएको मलको दुरुपयोग नहुनेमा हामी ढुक्क छौँ । हामीले यस अघि नै किसानको पहिचान गरेर वडाका सबै किसानलाई परिचय पत्र दिएका थियौँ । सोही परिचय पत्रको आधारमा अहिले किसानले पाउने सबै सेवा र सुविधा सोही परिचयपत्रमा जनाएर दिने गरेका छौँ । यसले हामीलाई काम गर्न सजिलो हुने रहेछ । यो पटक मल दिएको तथ्याङ्क पनि यसैमा टिपोट गरेर राखेका छौँ ।’

हाम्रो प्रहार डटकम

किसानलाई पुग्ने गरी र निःशुल्क रूपमा मल वितरण गरेको तथ्याङ्क नेपालको कुनै पनि ठाउँमा नभेटिएकाले नेपालमा नै पहिलो पटक यो काम आफूहरूले गरेको वडाध्यक्ष कार्कीले दाबी गरे । किसानको समयको बचत र मल वितरण हुने ठाउँमा भिडभाड नहोस् भनेर टोल टोलमै पुर्‍याएर मल वितरण गरिएको पनि वडाध्यक्ष कार्कीले बताए । 

भनेकै समयमा भने जति मल निःशुल्क पाउनु किसानका लागि सुखद पक्ष हो– स्थानीय

यस अघि भनेको समयमा भने जति मल कहिल्यै नपाइएको बताउँदै यो पटक वडा कार्यालयले आफूहरूको आवश्यकता अनुसार निःशुल्क मत वितरण गरेर किसानहरूलाई ठुलो राहत दिएको किसानहरूले बताएका छन् । किसानको घरमै पुगेर आफ्नो नाममा रहेको खेती योग्य जमिन र हाल खेती भइरहेको जमिनलाई तथ्याङ्क बनाएर मल वितरण गर्दा किसानलाई ठुलै राहत मिलेको स्थानीय ध्रुव बस्नेतले बताए । २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार समेत रहेका बस्नेतले निःशुल्क मल वितरणले ठुलो राहत मिलेको बताउँदै भने– ‘यो हेर्दा सानो काम भए पनि कम आर्थिक अवस्था भएका किसानलाई ठुलो राहत मिलेको छ । यसमा हामी राजनीतिक दलहरूले पनि वडाका जनप्रतिनिधिहरूलाई यही माग राखेका थियौँ । आज पूरा भएको छ । यहाँका आम किसानले पनि यही अपेक्षा राखेका थिए । यस्ता सकारात्मक कामलाई हाम्रो तर्फबाट पूर्ण रूपमा समर्थन हुनेछ ।’

वडा कार्यालयले यस अघि पनि किसानलाई पानी सङ्कलनको लागि प्लास्टिकको ट्याङ्की, सिँचाइको लागि पाइप, कृषि औजार लगायतका सामाग्री वितरण गरी सकेको छ । त्यस्तै वडाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा, टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण, टाढा रहेका टोमलै पुगेर सिफारि गर्ने लगायतका कामको अभियान पनि चलाएको छ ।

किसानको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि वडाध्यक्ष समिर कार्कीले प्रतिबद्धता जनाएका छन् । 

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper