Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

संवादाताः हाम्रो प्रहार
जेष्ठ १९, २०८०

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था काठमाण्डौ क्षेत्र अन्तरगत रामेछाप शाखाले आफ्नो संस्थामा आवद्ध रहेका सदस्यहरुलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । संस्थामा आवद्ध रहेका सदस्यहरूलाई व्यावसायिक रुपमा बाख्रा पालनमा सहयोग पुर्याउने उदेश्यले बिभिन्न समूहबाट प्रतिनिधित्व हुनेगरी ४० जना किसान सदस्यहरुलाई तालिम दिइएको हो ।

तालिमबाट किसानहरुलाई व्यावसायिक रुपमा बाख्रा पालन र सदस्यको आयस्तर तथा क्षमता वृद्धि गर्न मद्धत पुग्ने विश्वास लिएको छ । विभिन्न व्यवसाय संचालनको लागि बिना धितो ऋण दिएको संस्थाले तालिम दिएपछि व्यावसाय संचालनमा समेत सहयोग पुगेको तालिमका सहभागीले बताएका छन् । सहभागीहरुले आगामी दिनमा निश्चित उद्देश्य लियर व्यावसायिक रुपमा बाख्रा पालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

१६ गते देखि १८ गते सम्म संचालन भएको तालिममा बाख्रा पालन गर्दा आधारभुत रुपमा गर्नु पर्ने तयारी, भावी योजना, विभिन्न रुपमा आउने समस्याको समधान र पशु बिमा सम्बन्धीको बारेमा जानकारी गराइएको थियो ।
तालिम समापन पश्चात सदस्यलाई ब्यबसाय सुरु गर्न हौसला प्रदान गर्न विभिन्न किसिमको उन्नत जातको घाँसको बिरुवा पनि बितरण गरिएको छ ।

तीन दिन सम्म चलेको तालिममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिडेट काठमाण्डौ क्षेत्र अन्तरगत रामेछाप शाखाका शाखा प्रवन्धक तथा कार्यक्रम संयोजक लक्ष्मण शाह, प्रशिक्षक निशान श्रेष्ठ, स्थानीय निकायमा कार्यरत पशु प्राविधिक र निर्जिबन बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख नबराज खड्का लगायतले सहजीकरण गरेका थिए ।

छिमेक लघुवित्त वित्तीय संस्थाले सदस्यलाई बिना धितो कर्जाको साथसाथै विभिन्न आयमुलक, शिपमुलक आधारभूत र ब्यबसायिक तालिमहरु सन्चालन गर्दै आएको छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper