Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

संवादाताः हाम्रो प्रहार
जेष्ठ १९, २०८०

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था काठमाण्डौ क्षेत्र अन्तरगत रामेछाप शाखाले आफ्नो संस्थामा आवद्ध रहेका सदस्यहरुलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । संस्थामा आवद्ध रहेका सदस्यहरूलाई व्यावसायिक रुपमा बाख्रा पालनमा सहयोग पुर्याउने उदेश्यले बिभिन्न समूहबाट प्रतिनिधित्व हुनेगरी ४० जना किसान सदस्यहरुलाई तालिम दिइएको हो ।

तालिमबाट किसानहरुलाई व्यावसायिक रुपमा बाख्रा पालन र सदस्यको आयस्तर तथा क्षमता वृद्धि गर्न मद्धत पुग्ने विश्वास लिएको छ । विभिन्न व्यवसाय संचालनको लागि बिना धितो ऋण दिएको संस्थाले तालिम दिएपछि व्यावसाय संचालनमा समेत सहयोग पुगेको तालिमका सहभागीले बताएका छन् । सहभागीहरुले आगामी दिनमा निश्चित उद्देश्य लियर व्यावसायिक रुपमा बाख्रा पालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

१६ गते देखि १८ गते सम्म संचालन भएको तालिममा बाख्रा पालन गर्दा आधारभुत रुपमा गर्नु पर्ने तयारी, भावी योजना, विभिन्न रुपमा आउने समस्याको समधान र पशु बिमा सम्बन्धीको बारेमा जानकारी गराइएको थियो ।
तालिम समापन पश्चात सदस्यलाई ब्यबसाय सुरु गर्न हौसला प्रदान गर्न विभिन्न किसिमको उन्नत जातको घाँसको बिरुवा पनि बितरण गरिएको छ ।

तीन दिन सम्म चलेको तालिममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिडेट काठमाण्डौ क्षेत्र अन्तरगत रामेछाप शाखाका शाखा प्रवन्धक तथा कार्यक्रम संयोजक लक्ष्मण शाह, प्रशिक्षक निशान श्रेष्ठ, स्थानीय निकायमा कार्यरत पशु प्राविधिक र निर्जिबन बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख नबराज खड्का लगायतले सहजीकरण गरेका थिए ।

छिमेक लघुवित्त वित्तीय संस्थाले सदस्यलाई बिना धितो कर्जाको साथसाथै विभिन्न आयमुलक, शिपमुलक आधारभूत र ब्यबसायिक तालिमहरु सन्चालन गर्दै आएको छ ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper