रामेछाप- नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जन्म भई हाल काठमाडौको गौशलामा बस्दै आएकी पाण्डेको मंगलबार ६७ वर्षको उमेरमा निधन भएको हो । उनको गौशला स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।
सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् । उनि महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।
जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उनले राजनीति सुरू गरेकी थिइन् । जनमत सङ्ग्रह पछि उनले एक वर्ष जेल जीवन बताउनु परेको थियो ।
प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उनी विजयी भएकी थिइन् । पाण्डेले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री समेत भएर काम गरेकी थिइन् ।
देबकुमारी खड्का र भक्तबहादुर खड्काकी छोरी पाण्डे २०५६ सालको संसदीय निर्वाचनमा पराजित भएकी थिइन् ।
आफ्नो प्रतिकृया दिनुहोस्