Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दलहरूको एउटै धारणा: ‘गणतन्त्रलाई संस्थागत गर्न सबै दल एक जुट हुनु पर्छ’

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०८० जेष्ठ १५

रामेछाप– राजनीतिक दलहरूले गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्नेमा जोड दिएका छन् । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले आयोजना गरेको गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रियामा आफ्नो भनाई राख्ने क्रममा गणतन्त्रवादी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले मुलुकमा गणतन्त्र आएको डेढ दशक हुँदा पनि गणतन्त्र संस्थागत हुन नसक्दा गणतन्त्रमाथि चुनौतीहरू देखिएकाले चुनौतीहरूलाई सामना गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा भिडियो सन्देश मार्फत आफ्नो भनाई राख्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले १५ वर्ष अघि मुलुकमा गणतन्त्र ल्याउन एक जुट भएका राजनीतिक दलहरू अब गणतन्त्रका विरुद्धमा देखिन थालेका चुनौतीलाई परास्त गर्न र गणतन्त्रलाई थप संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने धारणा राखे । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गणतन्त्रको विकल्पमा अन्य कुनै पनि विकल्प नहुने भएकाले अहिलेकै व्यवस्थालाई थप मजबुद बनाएर जानु पर्नेमा जोड दिए ।

त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संरचनागत रुपमा ठिक भएको गणतन्त्रलाई आगामी दिनमा व्यवहारमा लागु सबै दलले अग्रसरता लिनु पर्ने धारणा राखे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका आम नागरिकले समान रूपमा शासन गर्न पाउने पद्धति नै गणतन्त्रको सुन्दर पक्ष भएकाले यही पद्धतिको सबै अधिकार आम नागरिकले सहज रूपमा अनुभूति गर्न पाउने गरी गणतन्त्रको कार्यान्वयन गर्न सबै दल एक हुनु पर्नेमा उनको जोड रहेको छ ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना नेपालको इतिहासको एउटा महत्त्वपूर्ण घटनाको रूपमा रहेको बताउँदै रैतीबाट जनता बनाउने गणतन्त्र स्थापनाले मुलुकमा ठुलो परिवर्तन भएकोले गणतन्त्रलाई थप मजवुद बनाएर जानु पर्ने धारणा राखे । उनले गणतन्त्रले बोकेका मर्म अनुरूप विकास हुँदै गएको भए पनि गणतन्त्रबाट जनताले अपेक्षा गरेका धेरै कुराहरू पूरा हुन नसकेको जनगुनासो आम नागरिकहरूले गर्न थालेको प्रतिक्रिया दिँदै जनगुनासोलाई सम्बोधन गर्न गणतन्त्रवादी राजनीतिक दलहरू एक हुनु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले नेपालको गणतन्त्र निकै लामो संघर्षबाट प्राप्त भएको पद्धति भएको बताउँदै नेपालका लागि यो भन्दा उत्तम पद्धति कुनै पनि नहुने धारणा राखे । उनले गणतन्त्र ल्याउन भूमिका खेल्ने राजनीतिक दल र सरोकारवालाहरूले एउटा भाष्य तयार गर्न नसक्दा गणतन्त्रमा चुनौती देखिएको टिप्पणी गर्दै यस्ता चुनौतीलाई सामना गर्न अब ढिला गर्न नहुने बताए । गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा हुँदा पनि गणतन्त्रको बारेमा समाजलाई बुझाउन नसक्नु गणतन्त्र बादी दलहरूको कमजोरी भएको स्वीकार गर्दै अब गणतन्त्रलाई जनतासँग जोड्ने अभियान चलाउन आवश्यक रहेको भनाई राखे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेकी गिरिजा प्रसाद कोइराला फाउन्डेसनको केन्द्रीय अध्यक्ष सुजता कोइरालाले मुलुकको विकास र प्रजातन्त्रलाई अगाडी बढाएर गणतन्त्रलाई संस्थागत गर्दै दलहरू अगाडि बढ्नु पर्ने धारणा राखिन् ।

अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठ (कुशल), नेपाली काँग्रेस रामेछाप जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्की, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य झम्क कँडेल, नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठ, नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी लगायतले गणतन्त्र स्थापनाको १५ वर्ष र गणतन्त्रमा देखिएका चुनौतीको बारेमा आफ्नो धारणा राख्दै गणतन्त्रलाई संस्थागत गर्न सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दीपक खड्काले गणतन्त्र स्थापनाको १५ वर्ष हुँदा पनि आम नागरिकले गणतन्त्रको अनुभूति गर्न नसकेको प्रतिक्रिया दिँदै गणतन्त्रमाथि देखिएका चुनौतीलाई परास्त गर्न आवश्यक रहेकाले गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनकी उपाध्यक्ष खमला थापामगरले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । फाउन्डेसनको कार्य सम्पादन समितिको सदस्य कल्पना खड्का कार्कीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिइन् ।  

Related Posts

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित

मन्थलीको सिद्धेश्वर आविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
समाचार

मन्थलीको सिद्धेश्वर आविमा विद्यार्थीको स्वास्थ्य परीक्षण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper