Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मान्छे उड्ने ठाउँमा नेपालकै ठुलो राष्ट्रिय झन्डा

संवादाताः रामचन्द्र वि.क.
बैशाख २४, २०८०

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा नेपालकै ठुलो राष्ट्रिय झन्डा राखिएको छ । गर्जाङ खिम्ती समाज सेवा समूहको सक्रियतामा शुक्रवार गोकुलगंगा–१ चुचुरे स्थित गर्जाङको रमिते डाँडामा नेपालकै ठुलो राष्ट्रिय झन्डा राखिएको हो ।

रामेछापको उत्तरी क्षेत्रमा पर्ने गर्जाङ उपत्यकाको झन्डै २ हजार ५ सय मिटर उचाइमा रहेको रमिते डाँडामा ४५ फिट उचाइ र २५ फिट चौडाइ भएको राष्ट्रिय झन्डा स्थापना गरिएको हो । झन्डा राखिएको पोल ७५ फिट अग्लो रहेको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले झन्डा उत्तोलन गरेर उक्त ठाउँमा झन्डा स्थापना गरेका हुन् । 

गर्जाङ खिम्ती समाज सेवा समूहका अध्यक्ष श्याम कार्की, संस्थाका पदाधिकारी, सदस्य र अन्य विभिन्न व्यक्तिहरूको व्यक्तिगत सहयोगबाट झन्डा स्थापना गरिएको संस्थाका अध्यक्ष श्याम कार्कीले बताए । रमिते डाँडामा स्थापना गरिएको राष्ट्रिय झन्डा अहिले सम्म स्थापना गरिएका मध्ये देशकै ठुलो झन्डा भएको संस्थाका अध्यक्ष कार्कीले दाबी गरेका छन् ।

झन्डा उत्तोलन गर्दै गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले नेपालकै ठुलो झन्डा भनेर दाबी गरिएको झन्डा स्थापनाले गाउँपालिकाको पहिचानलाई थप मजबुत बनाएको बताए । अध्यक्ष खड्काले देशको राष्ट्रिय झन्डा एउटा गाउँको कुनामा आफ्नै हातले उत्तोलन गर्न पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिँदै यो झन्डाले गोकुलगंगा गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

झन्डा स्थापना गरिएको ठाउँको यस अघि पनि छुट्टै महत्त्व भएको र अब झन्डा स्थापनाले पनि उक्त रमिते डाँडाको थप महत्त्व बढ्ने पनि अध्यक्ष खड्काले विश्वास व्यक्त गरे । उनले झन्डा स्थापना भएको ठाउँमा पर्यटक पुग्ने सहज पहुँच मार्ग निर्माण र अन्य भौतिक संरचना निर्माणमा गाउँपालिकाले आगामी वर्षहरूमा सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन् । गाउँमा भएका सामाजिक संस्थाहरूको सहयोगमा यस्ता काम हुनु राम्रो भएको धारणा राख्दै अध्यक्ष खड्काले झन्डा संरक्षणमा पनि स्थानीय नागरिक र स्थानीय संस्थाहरूले चासो देखाउनु पर्नेमा जोड दिए ।

पछिल्लो समय पौराणिक धार्मिक स्थानहरु मासिँदै गएका र मानव निर्मित नयाँ संरचनाहरू निर्माण हुँदै गएका कारण नेपालको पौराणिक महत्त्व घट्दै गएको बताउँदै अध्यक्ष खड्काले गाउँघरमा रहेका पौराणिक महत्व बोकेका विभिन्न स्थलहरुको संरक्षणमा सबै जुट्नु पर्नेमा जोड दिए । 

रमिते डाँडाबाट गर्जाङ उपत्यका, रामेछाप र दोलखाका अग्ला पहाड, हिमशृङखला र अन्य पर्यटकीय स्थलहरूको सहजै अवलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा झन्डा स्थापना गरिएको गर्जाङ खिम्ती समाज सेवा समूहका सचिव अनुज खड्काले बताए ।

किंवदन्ती अनुसार रमिते डाँडामा एक जना लामा गुरु बस्ने गरेको र त्यो ठाउँबाट बिहानको समयमा लामा गुरु उडेर दोलखाको पाङनागी गुम्बा र चुम्बनै गुम्बामा पुगेर पुनः रमिते डाँडामा नै आउने भएकाले लामा उड्ने नामले समेत उक्त ठाउँ परिचय रहेको छ । 

हाल झन्डा स्थापना गरिएको ठाउँमा अग्लो पहाड रहेको र उक्त पहाडको एक ठाउँमा लामा गुरु बस्दा प्रयोग गरिएको कुटीको अवशेष समेत देख्न सकिने स्थानीयले बताएका छन् ।

झन्डा उत्तोलन अघि भाले पोखरी आधारभूत विद्यालयको प्राङ्गणमा संस्थाका अध्यक्ष श्याम कार्कीको अध्यक्षता तथा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासंघ रामेछापका अध्यक्ष रमेश खड्का लगायत स्थानीयहरूले गाउँको एउटा दैवी शक्ति भएको ठाउँमा झन्डा स्थापनाले गोकुलगंगा गाउँपालिकाको थप पहिचान बढेको बताए ।

झन्डा राखिएको ठाउँबाट देखिने केही दृष्यहरु

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper