Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कौछिनी बोलेरो दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, ११ घाइते मध्ये एकको अवस्था गम्भिर

संवादाताः हाम्रो प्रहार
चैत्र २३, २०७९

रामेछाप– मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा विहिबार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट करिव एक सय मिटल तल खस्दा घटना स्थलमै ४ जनाको र एक जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक पाँचै जनाको सनाखत भएको प्रहरी प्रवक्त राजुप्रसाद ढकालले बताए । ढकालका अनुसार मृत्यु हुनेमा मन्थली नगरपालिका– ७ कौछिनी ८२ वर्षकी नन्दमाया भण्डारी, ६८ वर्षकी जेशुङ तामाङ, ४० वर्षकी ज्यान रानी तामाङ, ५० वर्षको दल बहादुर आलोमगर र सुनापती गाउँपालिका– १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङ रहेका छन् । मृतक मध्ये चार जना बोलेरोमा सवार यात्रु रहेको र १ जना चालक रहेको प्रहरी प्रवक्ताले बताए ।

त्यस्तै दुर्घटना परी घाइते हुनेहरुमा मन्थली नगरपालिका– ६ की ३५ वर्षकी बिमला गोले, निजकै दुई छोरी ११ बर्षकी ओजेस्वी लामा र ५ वर्षकी सम्भावी लामा, मन्थली नगरपालिका– ७ कौछिनीका ७० वर्षका भक्त बहादुर लामा, ४४ वर्षका बेद बहादुर बुढाथोकी, ६० वर्षकी मनमाँया तामाङ, ४७ वर्षकी दुर्गामाँया खड्का, २५ वर्षका कमल गोले, ३४ वर्षका हरी बहादुर थोकर, गोकुलगंगा गाउँपालिका– ५ रस्नालुकी २७ वर्षकी निस्मा मग्राती र उनकी छोरी ३ वर्षकी निनिमा मग्राती रहेका छन् ।

घाइते ११ जना मध्ये ११ वर्षकी ओजेस्वी लामाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते भएकी ११ वर्षकी ओजेस्वी लामा सहित ३ जनालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ पाठाइएको छ भने अन्य घाइतेलाई मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । डबल क्याप बोलेरोमा १६ जना सवार रहेका थिए ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper