Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति

संवादाताः हाम्रो प्रहार
चैत्र २१, २०७९

रामेछाप – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् ।
श्री नम्बर ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा मङ्गलवार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।’ यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको उनको भनाइ छ । नेपाली सेनाले सयुक्त राष्ट्र सङ्घअन्तर्गत विश्वशान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उनको भनाइ छ ।

प्रधानसेनापतिले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोवास गरिरहेको ठाउँमा प्रयोग गर्दै सधैँ राष्ट्रको हित साथै नेपाली नागरिकको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सधैँ एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रूपमा प्रस्तुत गर्न आग्रह गरे ।
सम्बोधनकै क्रममा उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए । उनले सैनिक कल्याणकारी कोषको रकम पारदर्शीरूपमा सदुपयोग गर्दै सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताए ।
कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र विस्तार गर्न निरन्तर प्रयास भइरहेको कुरा बताउँदै यस्ता सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलनसमेत हुने धारणा व्यक्त गरे ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्ने बताए ।

सेनाको श्री नम्बर ९ बाहिनी अड्डाअन्तर्गत रामेछापमा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन २०७९’ गरिएको हो । आजै त्यही समयमा दोलखा र सिन्धुलीमा समेत त्यस जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागिसमेत भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो ।

नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले देशका विभिन्न क्षेत्रमा निरन्तररूपमा भूपु सैनिक सम्मेलन गर्दै आएको छ । अहिले निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपु सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कुल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सम्मेलनमा भूपु सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्यान्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्विल चेयर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा/बाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तरक्रिया तथा छलफलसमेत गरिएको थियो ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper