Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

अव्यवस्थित तरिकाले जग्गा खार्दा मन्थली बजार धुलाम्मे

संवादाताः हाम्रो प्रहार
चैत्र २०, २०७९

रामेछाप– सदरमुकाम मन्थलीको बीच बजारमा व्यक्तिगत प्रयोजनको लागि जग्गा खार्दा मन्थलीको मुख्य बजार नै धुलाम्मे भएको छ । विगत तीन दिन देखि अव्यवस्थित तरिकाले जग्गा खार्दा मानव स्वास्थ्यमाथि नै प्रतिकुल असर पर्ने गरी मन्थलीको मुख्य बजार धुलाम्मे भएको हो ।

मन्थलीको देवकोटा चोकबाट करिव २ सय मिटर (उत्तर तर्फ) अगाडि मुख्य सडकसँग जोडिएको जग्गा अव्यवस्थित तरिकाले खार्दा दिउँसको समयमा मन्थली बजार धुलाम्मे हुने गरेको स्थानीय बजारबासीले गुनासो गरेका छन् । तीन दिन देखि रातको समयमा जग्गा खार्ने काम भएको र उक्त ठाउँबाट निस्केको माटो सडक भरी छरिएको कारण दिउँसो घाम लागेको बेला अत्याधिक धुलो उड्ने गरेको स्थानीय मिन प्रसाद घिमिरेले बताए ।

स्थानीय मिन प्रसाद घिमिरेले भने– ‘तीन वर्ष अघि देखि खन्न थालेको जग्गा अहिले सम्म पनि बर्षै पिच्छे खन्ने काम भएको छ । तर, अहिले सम्म खन्ने काम भने सम्पन्न भएको छैन् । हामीले बर्षै पिच्छे यस्तै समस्या भोग्नु परेको छ । यो पटकको काम हेर्दा यो वर्ष पनि यो खन्ने काम सकिदैँन् । यस्तै तरिकाले यो काम हुने हो भने मन्थली बजार महिनौ सम्म धुलाम्मे हुने देखिन्छ ।’

पानी परेको बेला माटो बाहिर फाल्न लैजदा ट्रकको चक्कामा अड्किएको माटो सडकमा खस्ने हुँदा त्यही माटो दिउँसो घाम लाग्दा धुलोमा परिणात हुँदा बजार धुलाम्मे हुने गरेको उक्त जग्गा नजिकै घर भएका स्थानीले बताए । उनले भने– ‘राती केही घण्टा डोजर र माटो फाल्ने साधानहरु चल्छन् । तर, काम कहिल्यै सकिदैँन् । ट्रकमा माटो फाल्न लैजदा पनि खुल्ला रुपमा लगिन्छ । त्यो माटो पनि सडकमा खस्छ । तर, सफा गर्ने र सडक धुने काम उहाँहरुबाट हुँदैन् । त्यसैले गर्दा अहिले यो सडकबाट सवारीका साधान र ढुवानीका साधान चलाउँदा अत्याधिक धुलो उड्ने गर्छ ।’

व्यक्तिगत जग्गा खार्दा अहिले त्यही जग्गाको सिमाना हुँदै बजारमा विस्तार गरिएको खाने पानीको पाइप समेत काटिएको कारण धेरैको घरमा पानी आउन बन्द भएको स्थानीयले बताएका छन् ।

जग्गाको नजिकै सार्वजनिक संस्था राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् । ति बैंकमा सेवा लिन आउने मानिसलाई समेत धुलोले समस्या हुने गरेको सेवा लिन आउने सेवाग्राहीले गुनासो गरेका छन् ।

आकाशे पानी परेकै समयमा जग्गा खन्ने कामले गर्दा जग्गा भएको स्थान देखि कटहरबोट, देवकोटा चोक र जिल्ला प्रशानस जाने सडक धुलाम्मे हुने गरेका छन् । यसरी तीन दिन देखि मुख्य बजार नै धुलाम्मे हुँदा पनि मन्थली नगरपालिका र जिल्ला प्रशासन पनि मौन बसेको स्थानीयले आरोप लगाएका छन् ।

उक्त जग्गा स्थानीय द्वारिका कार्कीको रहेको र त्यहाँ घर बनाउनको लागि जग्गा खन्ने काम भएको बताइएको छ ।

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper