Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली क्याम्पसको सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

संवादाताः हाम्रो प्रहार
चैत्र ६, २०७९

रामेछाप- मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईले २ सय २३ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियुका उम्मेद्वार सुशिल थापा विजयी भएका छन् । उनले संयुक्त गठबन्धनका उम्मेद्वार तेज बहादुर श्रेष्ठलाई १६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कोषाध्यक्षमा दुबै प्यानको उम्मेद्वारलाई बराबरी मत आएपछि दुबै जनालाई कोषाध्यक्ष मान्नेगरी दुबै जनालाई निर्वाचित भएको घोषणा गरिएको छ । दुबै उम्मेद्वारको सहमती र निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनको समेत सहमतीमा दुबै जनालाई कोषाध्यक्ष घोषणा गरिएको निर्वाचन अधिकृत रिता दाहाल सुवेदीले बताइन् । कोषाध्यक्षमा निर्वाचित हुने कविता खरेल र विनिता श्रेष्ठले २५१÷२५१ मत ल्याएका छन् ।

सदस्यमा सबै संयुक्त गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । विजयी हुने सदस्यमा क्रमशः अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी, विनोद कुमार माझी र विनिता माझी रहेका छन् ।

समानुपातिक तर्फ संयुक्त गठबन्धनले २ सय ७८ मत पाएको छ भने अनेरास्ववियुले २ सय ३४ मत पाएको छ । समानुपातिक प्रणालीबाट संयुक्त गठबन्धनले पाएको मत अनुसार गठबन्धनबाट ४ जना र अनेरास्ववियुबाट ३ जना सदस्य निर्वाचित हुने निर्वाचन मण्डलले बताएको छ ।

मन्थली क्याम्पस स्ववियु निर्वाचनको अन्तिम मतपरिणाम

सभापति

अविनाश कार्की- २८६ विजयी
पुस्कर भट्टराई- २२३
सचिव
तेज बहादुर श्रेष्ठ- २४४
सुशिल थापा- २६० विजयी
कोषाध्यक्ष
कविता खरेल- २५१ विजयी
विनिता श्रेष्ठ- २५१ विजयी
सदस्य
१ अनोज भुजेल- २६७ विजयी
२ मनिषा काफ्ले- २७६ विजयी
३ युवराज बुढाथोकी- २७७ विजयी
४ बिनोद कुमार माझी- २९७ विजयी
५ विनिता माझी- २८१ विजयी
६ सुदिप कार्की- २३४
७ रविना श्रेष्ठ- २१३
८ अनिल श्रेष्ठ- २२२
९ अनिषा घिमिरे- १९९
१० सोमहरी घिमिरे- २१८

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper