Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

संयुक्त प्यानलले सार्वजनिक गर्‍यो प्रतिवद्धता पत्र

संवादाताः हाम्रो प्रहार
चैत्र २, २०७९

रामेछाप– चैत्र ५ गते हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गराएको अविनाश कार्कीको प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी गठबन्धनको प्यानलले निर्वाचन जितेमा आगामी कार्यकालमा गर्ने काम सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका जिल्ला सदस्य दिपेन्द्र खड्काले नेपालको शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनको लागि नेविसंघको नेतृत्वमा रहेको संयुक्त गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । उनले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको जित निश्चित रहेको प्रतिक्रिया दिदैँ आगामी दिनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर र विद्यार्थीहरुको हकहितमा काम हुने धारणा व्यक्त गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य शिशिर खड्गीले अहिलेको आवश्यकता नै गठबन्धनको भएको बताउँदै चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि गठबन्धनले जित्ने दावी गर्दै स्ववियुमा भएको गठबन्धनले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भिष्माराज चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले धारणा राखेका थिए ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका अविनाश कार्कीले स्वतन्त्र विद्यार्थी युनियनले देशको गुणस्तरीय शिक्षाको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विगत देखि खेलेको भूमिकालाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आगामी दिनमा आफूहरु विद्यार्थीकै हकहितमा काम गर्ने बताए ।

संयुक्त गठबन्धनको तर्फबाट सार्वजनिक भएको प्रतिवद्धता पत्रमा आधुनिक प्रविधि युक्त कक्षाकोठा निर्माणमा पहल गरिनेदेखि अनलाइन सिकाइलाई व्यवस्थित र नियमित बनाइने प्रतिवद्धता पत्रमा उल्लेख छ । त्यस्तै दलित, जेहेन्दार, गरिव, अशाह्य तथा अशक्त विद्यार्र्थीहरुको लागि उचित छात्रवृत्तिको व्यवस्था गरिने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

प्रतिवद्धता पत्र

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper