



रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेद्वार नविन कुमार थापामगर सहितको समूहले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी थापामगर नेतृत्वको समूहले आफूहरु निर्वाचत भए आगामी कार्यकालमा गरिने २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनकि गरेको हो ।



२५ बुँदे प्रतिज्ञा पत्रमा धेरै जसो जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई सहयोग पुग्ने कामहरु उल्लेख छन् । समूहको तर्फबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा व्यवसायीहरुले बैंकमा तिर्दैै आएको चर्को व्याजदरलाई घटाउने पहल गर्ने देखि उद्योगी तथा व्यवसायीको हितमा हुने गरी ट्याक्स भ्याटको तालिम दिने सम्मका योजनाहरु उल्लेख छन् ।
अध्यक्षका उम्मेद्वार नविन कुमार थापा मगरले आफूले नेतृत्व गरेको समूहले निर्वाचन जितेमा आगामी कार्यकालमा हरेक किसिमका आर्थिक जोखिमबाट व्यवसायलाई सुरक्षित बनाउन सबै खाले व्यवसायीक बीमाको व्यवस्था गरिने, मन्थलीमा भएका होटलहरुको थप स्तरीकरण गर्दै ग्राहकमैत्री बनाउन कार्यशाला तथा तालिमको व्यवस्था गरिने, व्यवासायीक सेवा प्रवाह गर्नका लागि रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा हेल्प डेक्सको ब्यवस्था गरिने, रामेछाप उद्योग वाणिज्य संघको आफ्नो अलग्गै वेभसाइड निर्माण गरिनुका साथै व्यवसायीहरुलाई आबश्यक सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिने, ब्यवसायीलाई उपभोक्तामैत्री बनाउन आबश्यक तालिम सञ्चालन गरिने, जिल्ला अधिवेशन सम्पन्न भएको ३ महिनाभित्र पालिका स्तरीय समन्वय समिति गठन गरीने, उत्कृष्ट उत्पादक र ब्यवसायीको पहिचान गरी उनिहरुलाई हौसला प्रदान गर्न संघको विभिन्न कार्यक्रमका अवसरमा सम्मान तथा पुरस्कृत गरिने जस्ता योजनाहरु अगाडि सारिएको बताएका छन् ।
पत्रकार सम्मेलेनमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेद्वार थापामगरले आफू झण्डै २ दशक देखि रामेछाप उद्योग वाणिज्य संघमा रहेर काम गर्दा रामेछाका उद्योगी तथा व्यवसायीहरुको समस्यासँग राम्रो जानकार रहेको बताँउदै आफू निर्वाचत भएपछि समस्या समधानमा प्रतिवद्ध भएर लाग्ने धारणा राखे ।
यस्तो छ नविन कुमार थापामगर नेतृत्वको समूहले अगाडि सारेका योजनाः
१. व्यवसायीहरुले बैंकमा तिर्दै आएको चर्को व्याजदरलाई घटाउन बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी व्यवसायी मैत्री बनाउन आबश्यक पहल गरिने छ ।
२. व्यवसायीले भुक्तानी गर्दै आएको चर्को भाडादरलाई कम गरी घरधनीसँगको समन्वयमा समय सापेक्ष बनाउन पहल गरिने छ ।
३. प्राकृतिक प्रकोप र हालको आर्थिक मन्दिका कारण विक्षिप्त बनेका व्यवसायीहरुलाई मनोसामाजिक परामर्श प्रदान गरिने छ ।
४. व्यवसायीहरु स्वयंमले ट्याक्स÷भ्याटको काम गर्न सक्नेगरी सीप विकास तालिम प्रदान गरिने छ साथै हरेक वर्ष ब्यवसायीहरुको कर विवरण निःशुल्क प्रबिष्टिका लागि संघको कार्यालयमा ‘मासिक कारोबार दाखिला काउन्टर’ स्थापना गरिने छ ।
५. जिल्लामा व्यवसायीक रुपमा खेती हुँदै आएको किबि, जुनार तथा आलुको उत्पादन क्षेत्र दोरम्बा, गोकुलगंगा, उमाकुण्ड लगायत रामेछापका स्थानीय तहको मुख्य बजार क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि पहल गरिनुका साथै जिल्लाका सबै पालिकामा चिया र अँलैची खेती विस्तार र सो सँग सम्बन्धित उद्योग स्थापनाका लागि पहल गरिने छ ।
६. स्थानीय पूँजी जिल्ला भित्रै परिचालन गर्दै कृषि, वन, जडीबुटी, पर्यटन, पशुजन्य वस्तुहरुका लागि घरेलु तथा मझौला उद्योग स्थापना गराउदै जिल्ला बाहिर रहेका उद्यमीहरु जिल्ला भित्र्याउने र विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने गरी सीप सिकाउन सम्बन्धित निकायसँग पहल गरिने छ ।
७. हरेक किसिमका आर्थिक जोखिमबाट व्यवसायलाई सुरक्षित बनाउन सबै खाले व्यवसायीक बीमाको व्यवस्था गरिने छ ।
८. जिल्ला भित्र रहेका विभिन्न क्षेत्रगत बजारहरुको व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्दै अगाडि बढिने छ ।
९. वि.पी राजमार्ग हुँदै रामेछाप जिल्ला प्रवेशमा रोक लगाइएका ठूला मालवाहक ढुवानीका साधानलाई सहज आवागमनको व्यवस्था गर्न आबश्यक पहल गरिने छ ।
१०. मन्थली–लुक्ला चल्दै आएको विमान सेवाका कारण यस जिल्लामा भित्रिने पर्यटकहरुलाई मन्थलीमा कम्तीमा एक रातका लागि बस्ने वातावरण सिर्जना गरी जिल्लाको ब्यापार ब्यवसाय बृद्धिका लागि पहल गरिने छ ।
११. मन्थलीमा भएका होटलहरुको थप स्तरीकरण गर्दै ग्राहकमैत्री बनाउन कार्यशाला तथा तालिमको व्यवस्था गरिने छ ।
१२. जिल्लामा केही वर्षदेखि विभिन्न कारणले रोकिएको औद्योगिक मेला महोत्सवको कार्यलाई पुनः निरन्तरता दिइने छ ।
१३. उद्योगी व्यवसायीलाई पर्न सक्ने प्राकृतिक प्रकोप÷जटिल प्रकृतिका रोग उपचारका लागि निश्चित मापदण्ड बनाई आर्थिक सहयोग प्रदान गरिने छ ।
१४. व्यवासायीक सेवा प्रवाह गर्नका लागि रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा हेल्प डेक्सको ब्यवस्था गरिने छ ।
१५. रामेछाप उद्योग वाणिज्य संघको आफ्नो अलग्गै वेभसाइड निर्माण गरिनुका साथै व्यवसायीहरुलाई आबश्यक सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिने छ ।
१६. व्यवसायीहरुले प्रयोग गर्दै आइरहेका नाप तौलका सामग्रीहरुलाई दर्ता तथा प्रमाणिकरण जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालय रामेछाप मार्फत नै गराउन पहल गरिने छ ।
१७. ब्यवसायीलाई उपभोक्तामैत्री बनाउन आबश्यक तालिम सञ्चालन गरिने छ ।
१८. बजारको सरसफाई, सवारी तथा पार्किङ ब्यवस्थापनका लागि सरकारी निकाय सँग समन्वय गरी सहज बनाइने छ ।
१९. जिल्ला अधिवेशन सम्पन्न भएको ३ महिनाभित्र पालिका स्तरीय समन्वय समिति गठन गरीने छ ।
२०. जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सहजताका लागि देवकोटाचोकमा डिजिटल बोर्ड र त्यस्ता उत्पादनलाई सबैको पहुँचमा पु¥याउनका लागि आबश्यक प्रबिधि अपनाइने छ ।
२१. रामेछाप उद्योग वाणिज्य संघको सचिवालयमा ब्यवसायीहरुका लागि निःशुल्क संचार सेवा, फ्री वाइफाइ र टोल फ्रि नम्बरकोे व्यवस्था गरी सोही नम्बरमा गुनासो रेकर्डको समेत व्यवस्था गरिने छ ।
२२. जिल्लमा उत्पादन हुने वस्तुहरु फलफुल, दुग्धजन्य, तेलहन, दलहन अन्नपान लगायत विक्री वितरणमा सहजता ल्याउनको लागि र अन्तरिक पर्यटक प्रवद्र्धन गर्न, कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका कार्र्यहरुलाई बढावा दिन तीनै तहको सरकारसँग समन्वय गरिने छ ।
२३. संघको अगुवाईमा जिल्लामा कार्यशाला गोष्ठी मार्फत बहुवर्षे रणनीतिक योजना निर्माण गरिने छ ।
२४. उत्कृष्ट उत्पादक र ब्यवसायीको पहिचान गरी उनिहरुलाई हौसला प्रदान गर्न संघको विभिन्न कार्यक्रमका अवसरमा सम्मान तथा पुरस्कृत गरिने छ ।
२५. दुग्ध व्यवसायीहरुलाई मन्थली नगरपालिकाले हाल उपलब्ध गराँउदै आएको प्रति लिटर रु २।– को अनुदान बृिद्ध गर्न, अन्य पालिकामा अनुदान रकम को सुरुवात गराउन आवश्यक पहल गर्ने र पशु वीमाको किस्ता वापतको रकम पालिकाले नै नियमित रुपमा सम्बन्धित निकायमै भुक्तानी गरिदिने ब्यवस्थाका लागि आबश्यक पहल गरिने छ ।







आफ्नो प्रतिकृया दिनुहोस्