Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः रामहरि केसी
माघ २, २०७९

रामेछाप– जिल्ला कृषि सहकारी संघ लिमिटेड रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पनन दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोधत निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा राजकुमार बस्नेत, सचिवमा सुन्दर घिमिरे र कोषाध्यक्षमा भानुभक्ता श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको सदस्यमा क्रमशः डिलबहादुर श्रेष्ठ, ल्ह्नाम दोर्जे लामा, नारायण नेपाली, हिरालाल श्रेष्ठ, राजेन्द्र कार्की, कुमारी तामाङ कार्की र कविता श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले बोधबहादुर चौलागाईको संयोजक्वतमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ । लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रमोद श्रेष्ठ र बोध कुमार रोक्का निर्वाचित भएका छन् ।

संघको कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

संघको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन सत्रमा बोल्दै जिल्ला कृषि सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले जिल्लामा रहेका कृषि सहकारीहरुलाई संघमा आवद्ध गराएर किसानमैत्री काम गराउने गरी अभियान चलाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढुंगेलले देशले आर्थिक संकट भोगीरहेका बेला कृषि सहकारी मार्फत कृषि क्षेत्रमा काम गरेर देशको अर्थतन्त्र सुधार गर्न तर्फ राज्यले ध्यान दिनु पर्ने धारणा पनि राखे ।

संघका उपाध्यक्ष राजकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका कार्यपालिका सदस्य उद्धव रम्तेल, सहकारी अभियान्त एवं लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का वडा सदस्य भोजराज कडरिया लगायतले सहकारी मार्फत राज्यले हरेक नागरिकलाई व्यवसायिक बनाउने गरी अभियान थाल्न जरुरी रहेको बताउँदै जिल्लाका सहकारीहरुले त्यही अभियान थाल्नु पर्ने धारणा राखे ।

नवनिर्वाचित संघका अध्यक्ष श्रेष्ठले जिल्लामा रहेका कृषि सहकारीको अवस्थाको बारेमा अध्ययन गरेर आगामी कार्यक्रम तय गरिने बताए । उनले कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले संचालनमा रहेका कृषि सहकारीलाई किसानमैत्री बनाउने गरी काम गरिने प्रतिवद्धता जनाए ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper